This is a test

‘निष्ट’ लिटील फ्लावर प्रमियर लिगको दोश्रो सस्करण फागुन १८ गतेदेखी

0

नवराज पनेरु, धनगढी माघ २१ गते ।

राष्ट्रीय स्कुल स्तरीय ‘निष्ट’ लिटील फ्लावर प्रिमियर किकेट लिगको दोश्रो संस्करण धनगढीमा फागुन १८ गतेदेखी हुने भएको छ । आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता बारे जानकारी दिएको हो । देशभरीबाट १२ टिमले सहभागीता जनाउने प्रतियोगीतामा १ लाख ५ हजार बढिको पुरुस्कार प्रदान गरीने प्रतियोगीताका संयोजक कलेन्द्र शाहीले बताउनुभयो ।

प्रतियोगीताको विजेताले ५० हजार, उप विजेताले २५ हजार नगद सहित टङफी र प्रमाणपत्र प्रदान गरीने छ । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार र विभीन्न चार विधाका उत्कृष्ट खेलाडीलाई २÷२ हजार प्रदान गरीने आयोजक लिटील फ्लावर ईङलीस बोर्डीङ स्कुलका सस्थापक प्रीन्सीपल तथा प्रतियोगीताका निर्देशक रामचन्द्र शाहीले बताउनुभयो ।

प्रतियोगीतामा कैलाली सहित काठमाडौ, बाके र कञ्चनपुरका टिमहरुको पनि सहभागीता रहने उहाँले बताउनुभयो । टिमहरुले ५ जना खेलाडी विद्यालय बाहीरका १९ बर्ष मुनीका खेलाडी पनि छान्न पाउने छन् । खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन गरीनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved