लाल पुर्जा छ, तर जग्गा छैन !

0

डीबी विष्ट, बझाङ ४ भदौ ।

सेती र कालंगा नदिमा बर्षेनि आउने बाढीले खेती योग्य जमिन बगाएर बगरमा परिणत गरेको पछि सो क्षेत्रका बासिन्दा बिचल्लीमा परेका छन । बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रहरुमा लाखौ रोपनी जमिन बगाउदा यहाँका बाढी पिडितहरु संग लालपुर्जा त छ तर जग्गा छैन । थलारा गांउपालिका ९ अफ्लाबगरका कैले दमाई संग झण्डै ७ रोपनी जग्गाको लालपुर्जा छ तर जमिन छैन । लालपुर्जालाई आधार मानेर हेर्ने हो भने उनी त्यहांका जमिन्दार हुन ।

तर अहिले उनी संग खुट्टो टेक्ने ठांउ पनि छैन । हाल उनी गांउ नजिकैको ऐलानी जग्गामा बनाएको सानो झुपडीमा ८ जनाको परिवार सहित बस्दै आएका छन् । २०५७ साल जेठ महिनामा र २०७० सालमा आएको बाढी का कारण खेती योग्य जमिन बगाए पछि यहाँ का सयौँ घरपरिवार अहिले सुकुम्वासी जिवन विताई रहेका छन् । त्यसपछि पनि पटक पटक आएका बाढी तथा परिहोका कारण खेतीयोग्य जमिन कटान गरेपछि थलारा गाउपालिकामा मात्र करिव ७५ परिवार विस्तापीत भएका छन ।

कृषि र पशुपालनलाई मुख्य पेशा बनाउदै आएका यस क्षेत्रका वासीन्दाहरु अहिले परिवार धान्न पनि धौ धौ भएको छ । जिल्लाको बुङगल क्षेत्रको पनि अवस्था उस्तै छ । आफ्नो जमिन यहाँनिर थियो भन्ने पनि एकिन गर्न नसकिने अवस्था छ । बर्षेनि आउने बाढीले आफुहरु लाई उठिवास लगाएको बुङगल नगरपालिका दहबगरका मान बहादुर धामीले बताउनाुभयो ।

२०५७ साल जेठ २६ गते र २०७० को असारमा आएको बाढीले आफ्नो १२ रोपनि जमिन बगाएको उहाले दुखेसो पोख्नुभयो । बुङगल भएर बग्ने कालंगा नदि दहबगरको लौने देखि केदास्युको देउरा सम्म र सेती नदिले मेलविसौना देखि देउरा सम्मको हजारौ रोपनि खेती योग्य जमिन बगाएर बगरमा परिणत गरेको छ । बाढीको समयमा तत्कालै राहात सामाग्री वितरण वाहेक सरकारी पक्ष बाट आफुलाई कुनै सहयोग नभएको पिडितहरुको गुनासो छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved