This is a test

लागु औषध सहित एकजना पक्राउ

0

महेन्द्रनगर, २६ असोज ।

लागु औषध सहित कञ्चनपुरको गड्डाचौकीमा एक युवक पक्राउ परेका छन् । गड्डाचौकी भन्सारको ब्यारीएल नजिकै शसस्त्र प्रहरीले चेक गर्ने क्रममा लागु औषध सहित कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानका भगवती भट्ट पक्राउ परेका हुन् । उनको साथबाट सशस्त्र प्रहरीले नशालु पदार्थका लागि आवश्यक पर्ने विभिन्न औषधी बरामद गरेको छ । उनको साथबाट फेनारगन ८७ गोटा, रेक्सोजेसिक ७८ गोटा, डाइजेल ५ गोटा र मेट्रोसेट १६ गोटा बरामद गरिएको छ । ती सबै लागु औषध निज व्यक्तिले स्कुटीको ड्गिगीमा राखेर ल्याईरहेका थिए । ब्यारीएल नजिकै स्कुटी चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त लागु औषधी भेटिएको हो । प्रहरी समक्ष उनले सबै आफ्नो प्रयोगका लागि भएको उनले बताएछन् । उनले प्रहरी समक्ष आफू विगत ८ वर्षदेखी लागु औषधको प्रयोग गर्दै आएको बताए । उनको साथबाट केही भारतीय रकम समेत बरामद भएको छ । तर व्यक्तिगत प्रयोगका लागि भनेर भारतबाट किनेर ल्याउने र महेन्द्रनगरमा लागु औषध दुव्र्यसनिमा फसेका युवाहरुलाई बेच्ने गिरोह नै रहेको प्रहरी बताउँछ । भारतबाट लागु औषध किनेर महेन्द्रनगर बजारमा बिक्री वितरण हुदै आएको छ । भने लागु औषध दुव्र्यसनिको प्रयोग समेत पछिल्लो समय बढ्दै गएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले लागु औषध सहित पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ । महेन्द्रनगरमा लागु औषध प्रयोगकर्ताहरु अधिकाशं सेवन गर्न र खरिदका लागि भारतको बनवासा जाने गरेका छन् । ट्याब्लेट सतिह हिजोआज सिरिन्ज प्रयोग गरेर लागु औषध प्रयोग कर्ताहरु बढेको प्रहरीको बुझाई छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved