This is a test

लम्की चुहा नगरपालिकामा बसको ठक्करबाट एक जनाको मृत्यु

0

धनगढी, पुस २४ गते ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमवार विहान सवा ९ बजे काठमाडौंबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम यातायातको ना ५ ख ७६९२ नम्बरको बसको ठक्कर बाट लम्की चुहा नगरपालिका वडा नम्वर १ की २५ बर्षीया धौली खनालको मृत्यु भएको हो । बाटो काट्ने क्रममा बसले ठक्कर दिदा उपचारका लागी अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने वसका चालक फरार रहेको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विनोद घिमीरेले जानकारी दिनुभयो । बस भने ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । लम्कीमा एक हप्ता अगाडिमात्रै दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved