This is a test

लम्कीमा वस एक आपसमा ठोक्किदा १९ जना घाईते, ५ जनाको अवस्था चिन्ताजनक

0

सीताराम ओझा, धनगढी पुस २९ गते ।

कैलालीको लम्कीमा दुई वटा बस एक आपसमा ठोकिदा १९ जना घाईते भएका छन । वाक्लो हुस्सुका कारण लम्की चुहा नगरपालिका वडा नम्वर ६ गुलरामा दुर्घटना भएको हो । पुर्ववाट आउँदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस शनिवार विहान ८ बजे एक आपसमा ठोकिदा १९ जना घाईते भएका हुन ।

५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुवै वसका चालकका खुट्टा भाचिएका छन । सुप यातायातका चालक दिनेश वोहोरा नारायण यातायातका चालक प्रेम श्रेष्ठ सहित यात्रुहरु गौतम थारु दिप प्रभात रन्जु खड्काको अवस्था गम्भीर भएका कारण पाँचै जनालाई कोहलपुर रेफर गरिएको छ । अन्य घाईतेहरुको लम्कीमा उपचार भईरहेको र केही घाईतेहरुलाई अझ रेफर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved