This is a test

रेशमलाल चौधरी पुर्पक्षका लागी थुनामा

0

खबर सम्वांददाता, धनगढी फागुन १४ गते ।

टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरी पुर्पक्षका लागी थुनामा राख्न अदालतले आदेश दिएको छ ।

कैलाली क्षेत्र नम्वर १ बाट निर्वाचीत सांसद समेत रहनुभएका चौधरीलाई न्यायधिस पर्शुराम भट्टराईको ईजलासले पुरपक्षका लागी थुनामा राख्न आदेश दिएको हो । १६ गतेका लागी अर्को पेशी तोकीएको छ ।

जिल्ला अदालत कैलालीमा विहान ११ बजे उपस्थीत भएका चौधरीको लामो समय सम्म बयान चलेपछि बादी र प्रतिवादीका अधिवक्ता विच बहष भएको थियो ।

चौधरीको तर्फबाट अधिवक्ताहरु मिलनकुमार राई, गंगाराम पाध्याय र गजेन्द्र केसीले बहष गर्नुभएको थियो भने सरकारको तर्फबाट जिल्ला न्याधिवक्ता प्रकाश वहादुर भण्डारी सहितका अधिवक्ताहरुले बहस गरेका थिए ।

चौधरी राष्ट्रीय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपी सहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो ।

चौधरी सहित ५६ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाक चोरी मुद्धा लगाईएको छ । २५ जना जिल्ला कारागार कैलालीमा छन् भने अन्य सबै फरार सुचिमा रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved