This is a test

रुपन्देही लाई हराउदै मनाङ सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा

0

नवराज पनेरु, धनगढी पुस २८ गते ।

रुपन्देही ११ लाई फराकीलो अन्तरले पराजीत गर्दै मनाङ मस्र्याग्दी धनगढीमा भईरहेको सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । बिहीवार धनगढी रंगशालमा भएको क्वाटर फाईनलको अन्तीम खेलमा रुपन्देही ११ लाई ४–० ले पराजीत गर्दै मनाङ अन्तीम चारमा पुगेको हो ।

२० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोरले गोल गर्दै पहिलो हाफमा खेललाई १–० को स्थीतीमा पुगाएको थिए । दोश्रो हाफमा मनाङले थप ३ गोल गरेको थियो । मनाङका लागी ५५ औ मिनेटमा सुजल श्रेष्ठ, ८२ औ मिनेटमा विशाल राई र ८३ औ मिनेटमा विमल रानाले गाल गरेका थिए । बिहीवारको खेल सकिएसंगै सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलको समिकरण पुरा भएको छ ।

सेमीफाईनलमा पुग्ने चार टिमको टुङगो लागीसकेको छ । प्रतियोगीता अन्तरगत शुक्रवार मनाङ र आर्मी विच सेमीफाईनलको पहिलो खेल हुने छ भने सेमीफाईनलको दोश्रो खेल आइतवार सुदुरपश्चिम ११ र एपीएफ विच हुने छ । सर्वाधीक राशीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved