राष्ट्र बैंक धनगढी शाखा द्धारा १० करोड रुपैयाँ बराबरका नयाँ नोट सटही

0

सन्तोाष रावत, धनगढी ६ असोज ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाले सुदुरपश्चिमका विभीन्न जिल्लामा दसैंका लागिका लागी १० करोड रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको जनाएको छ । सुदुरपश्चिमका डेडेल्धुरा, बैतडी, अछाम, कञ्चनपुर, डोटी लगाएत जिल्लामा दसैंका लागिका लागी १० करोड रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको नेपाल राष्ट्र बैंक धनगढी शाखाका व्यवस्थापक रमेश आर्चायले जानकारी दिनुभयो ।

हालसम्म राष्ट्र बैैंक धनगढी शाखाले लाइनमा बसेका उपभोक्तालाई ७ करोड रुपैयाँभन्दा बढीका नयाँ नोट साटेको उहाले बताउनुभयो । उहाका अनुसार हाल राष्ट्र बैंक धनगढीले एक व्यक्तिका लागि ५, १०, २०, ५० र १ सय दरका गरी २७ हजार हजार रुपैयाँसम्म नयाँ नोट साट्ने गरेको छ । यस्तै विभिन्न बैंकका शाखालाई १० लाख रुपैयाँसम्म नयाँ नोट प्रदान गरेको उहाले बताउनुभयो ।

सरकारी बैंक कृषि, वाणिज्य र नेपाल बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले उक्त रकम उपलब्ध गराएको हो । यस्तै धनगढीमा नयाँ नोट साट्ने उपभोक्ताको भीड लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंक धनगढीले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ नोट साट्ने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको हो । धनगढीमा भदौ २८ गतेदेखि दसैं पर्वलाई लक्षित गरी नयाँ नोट साट्न सुरु गरिएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved