This is a test

राष्ट्रियसभाको चुनाव आज

0

धनगढी, माघ २४ गते ।

राष्ट्रियसभा सदस्य चयनका लागि आज प्रदेश नम्बर ७ सहित अन्य प्रदेशमा मतदान हुँदैछ । तोकिएको मतदानस्थलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षले राष्ट्रियसभा सदस्य चयनका लागि मतदान गर्ने छन् ।

प्रदेश ७ मा डोटीको सिलगढी स्थित पद्म पब्लिक मुक्ति नारायाण माबिमा मतदान स्थल तोकिएको छ । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री, कागजात तथा सुरक्षा संयन्त्र तयार भइसकेको जानकारी दिनुभयो । माघ १० गते राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गरिएको थियो । प्रदेश नम्बर ७ मा खुला तथा महिला समुहमा ६ जना निर्विरोध भईसकेका छन ।

अव २ जनाका लागी मात्रै निर्वाचन हुदैछ । बहुमतीय पद्धतिबाट निर्वाचीत हुने दलित समुह र अल्पसंख्यक अपाङ्गतर्फ दुई÷दुई जनाको उम्मेदवारी परेपछि मतदान हुने भएको हो । प्रदेश नम्वर ७ मा २ सय २९ जनाले मतदान गर्नेछन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved