This is a test

राष्ट्रपति भण्डारीद्वारा खप्तड राष्ट्रीय निकुञ्जको भ्रमण र डोटीको शैलेश्वरी मन्दीमा पुजा अर्चना

0

नवराज पनेरु, धनगढी २७ असोज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खप्तड राष्ट्रीय निकुञ्जको भ्रमण र डोटीको शैलेश्वरी मन्दीरमा दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले हेली कप्टरबाट विश्व सम्पदा सूचिमा सूचिकृत पर्यटकीय स्थल खप्तडको भ्रमणपछि डोटीको प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरीको पनि दर्शनसंगै पूजा अर्चना गर्नुभएको छ । बुधवार दिउसो ४ बजे डोटीको दिपायल पुग्नुभएकी राष्ट्रपति भण्डारीले विहीवार सिलगढीको शैलेश्वरी मन्दीरमा पुजा अर्चनासंगै शैलेश्वरी क्षेत्र विकास समितीले स्वागत पनि गरेको थियो । यस्तै प्रदेश नम्वर ७ को राजधानी दिपायल हुनुपर्ने मागगर्दै राष्ट्रपति भण्डारीलाई ज्ञापन पत्र बुझाईएको छ । दिपायल सिलगढी नगरपालीकाकी मेयर मञ्जु मलासीले दिपायलमा प्रादेशीक राजधानी हुनुपर्ने मागगर्दै ज्ञापनपत्र बुझाउनु भएको हो । सावीकको सुदुरपश्चिमको क्षेत्रीय राजधानी रहेको, पर्याप्त सरकारी जग्गा रहेको, भौगोलीक रुपमा मध्यविन्दुमा रहेकाले दिपायललाई प्रादेशीक राजधानी बनाउनपर्ने माग सहित ज्ञापन पत्र बुझाईएको हो । यस्तै राष्ट्रपति भण्डारीले शैलेश्वरीमा हालै मात्र १३ किलो मिटर टाढाबाट ल्याईएको शैलेश्वरी मन्दिर परिसर भित्रको नियमित खानेपानीको उद्घाटन पनि गर्नुभएको छ । दिपायलमा रहेको नेपाली सेनाको सुदूरपश्चिम पृतनाबाट आजै राष्ट्रपति भण्डारी काठमाडौ प्रस्थान गर्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved