This is a test

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण

0

काठमाडौँ, पुस १४ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको हो । एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो । कांग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्था सहित अध्यादेश सिफारिस गरेको थियो । तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध र्गयो ।

अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन । तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ । अब सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ ।

साभार : अनलाईनखबर

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved