This is a test

राप्रपाद्धारा स्थानीय तहहरुमा उम्मेदवार घोषणा

0

दार्चुला, १८ बैशाख ।
राष्ट्यि प्रजातन्त्र पार्टी दार्चुलाले शैल्य शिखर नगरपालिकामा आफ्ना उम्मेदवार घोषणा गरेको छ । राप्रपाले आइतबार एक विज्ञप्ती जारी गर्दै वडा तहदेखि मेयर उममेयर पदको उम्मेदवारी घोषणा गरेको हो । राप्रपाले शैल्यशिखरमा नरबहादुर चन्द मेयर तथा पार्वती देवी लोहारलाई उप मेयरमा छनौट गरेको जनाएको छ । उम्मेदवार घोषणा गरिएका चन्द साविकका देथलाका स्थायी बासी हुन् ।
निजामति सेवामा ३३ वर्ष विताएका चन्द गाविस सचिव पदमा कार्यरत थिए । यस्तै राप्रपाले नौगाड गाउँपालिका प्रमुखमा खडकसिह धामी उपप्रमुखमा जसमति डडालको उम्मेदवारी दिएको छ । महाकाली नगरपालिका मेयरमा नरेन्द्रबहादुर वमलाइ उम्मेदवार बनाएको राप्रपाले अपि हिमाल गाउँपालिका प्रमुखमा लालसिह धामी र उपप्रमुखमा मान्थादेवी लोथ्याललाई उम्मेदवार घोषणा गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved