This is a test

रसायन अभावमा दुई महिनादेखी सिकलसेल परिक्षण ठप्प, कर्मचारी एक अर्कालाई दोष दिएर पन्छिदै

0

दीपक जोशी, धनगढी २३ साउन ।

डायलासिस मेसिन आएको महिनौसम्म जडान नगरी थन्काएर राखेको भन्दै आलोचना खेपेको सेती अञ्चल अस्पतालमा दुई महिनादेखी सिकलसेल परिक्षण ठप्प भएको छ । सिकलसेल परिक्षणका लागि चाहिने केमिकल नभएपछि अस्पतालमा सिकलसेल परिक्षण गर्न आउने थारु समुदायका व्यक्तीहरु रित्तो फर्कन बाध्य छन ।

दुई महिनादेखी केमिकल सकिएपछि करोडौ खर्च गरेर जडान गरिएको सिकलसेल परिक्षण मेसिन त्यत्तीकै थन्कीएको छ । यस अघि केन्द्रीय जनस्वास्थ्य प्रयोगसालाले केमिकल पठाउने गरेकोमा दुई महिनादेखी सकिएको केमिकल फेरी मगाउन अस्पतालका कर्मचारीहरुले कसैले पनि पहल गरेका छैनन ।

आईतवार सिकलसेल परिक्षण नभएको सम्बन्धी थारु नागरीक समाजको अगुवाईमा बसेको बैठकमा अस्पतालका कर्मचारीहरुले एक अर्कालाई दोषारोपण गरेर पन्छिने प्रयास गरेका छन । केमिकल सकिएको दुई महिना भईसक्दा समेत अस्पतालले केन्द्रीय जनस्वास्थ्य प्रयोगसालालाई कुनै खबर नगर्दा बिरामीको सिकलसेल परिक्षण ठप्प हुदा समस्या भएको थारु नागरीक समाज कैलालीका संयोजक दिल बहादुर चौधरीले बताउनुभयो ।

लामो समयदेखी केमिकल अभाव भएपनि त्यसलाई मगाउन अस्प्तालले पहल गरेको छैन । अस्पतालको सिकलसेल वार्डले प्रयोगशाला साखा र प्रयोगसाला साखाले स्टोर र प्रसासनमाथी दोष थोपरीरहेका छन । तर अस्पतालका कर्मचारीहरुले एकले अर्काेको जिम्मेबारी भन्दै पन्छीन खोजेपछि त्यसको मारमा भने बिरामीहरु परिरहेका छन ।

केमिकल मगाउने जिम्मा प्रयोगसालाको भएपनि आफुले पटक पटक स्टोर र प्रसासनमा केमिकल मगाउन खबर गरेको सिकलसेल वार्डकी प्रमुख यशोदा ढकालले दावी गर्नुभयो । तर निमित्त मेडिकल सुपरीटेन्डेन्ट शेरबहादुर कमर प्रसासनलाई सिकलसेल परिक्षणको केमिकल माग गरेको कुनै खबर नआएको बताईरहनु भएको छ भने अस्पतालको स्टोर साखाले समेत कसैले पनि केमिकल माग नगरेको जनाएको छ ।

आईतवार थारु नागरीक समाजको अगुवाईमा धनगढीकी उपप्रमुख शुसिला मिश्र सहित सरोकारवालाको बैठक अस्पतालमा बसेको थियो । बैठकमा सहभागी उपप्रमुख मिश्रले पनि कर्मचारीको लापवार्हीका कारण चेकजाँच ठप्प भएको बताउदै कार्यशैली सुधारका लागि निर्देशन दिनुभयो ।

आईतवारको छलफलपछि एक हप्ताभित्रै परिक्षणका लागि चाहिने केमिकल मगाउने निर्णय भएको छ । अस्पतालका कर्मचारीले नै जिम्मेबारी बोध नगर्दा समस्या आएको र त्यसको समाधान छिट्टै हुने निमित्त मेसु शेरबहादुर कमरले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved