This is a test

रमेश लेखकले भने ‘राजधानी महेन्द्रनगरमा’

0

दीपक जोशी, धनगढी पुस २४ गते ।

प्रदेश नम्बर ७ को राजधानी माग्दै दिपायलमा ५ दिनदेखी आमहड्ताल जारी रहेका बेला कांग्रेसका प्रभावसाली नेता रमेश लेखकले भने राजधानी महेन्द्रनगरमा हुनुपर्ने अभिव्यक्ती सार्वजनिक गर्नुभएको छ ।

राजधानीका लागि दिपायल, अत्तरिया र धनगढीका वासिन्दाले आआफ्नै दावी सहित आन्दोदन गरेर टायर बालिरहेका बेला पुर्व मन्त्री समेत रहनुभएका कांग्रेस केन्द्रिय सदस्य लेखकले राजधानी महेन्द्रनगरमा उपयुक्त हुने धारणा राख्नुभएको हो 

आईतवार राती फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएका लेखकले उद्योग, वाणिज्य, पर्यटकीय विकासको दृष्टिकोण र वातावरणिय अनुकूलताका कारण कञ्चनपुरको महेन्द्रनगर सबै भन्दा उपयुक्त हुने बताउनुभएको छ ।

‘प्रदेशको स्थायी राजधानी र हाल सरकारले कार्य संन्चालन गर्न स्थान तोक्ने बारे चर्चा भईरहेको अवस्थामा प्रदेश न. ७ को राजधानीका लागी देखीएको विवाद समेत हेर्दा उद्योग, वाणिज्य, पर्यटकीय विकासको दृष्टिकोण र वातावरणिय अनुकूलताका कारण कंचनपुरको महेन्द्रनगर सबै भन्दा उपयुक्त हुने हुन्छ ।

कञ्चनपुरलाई त्रीदेशिय नाकाको रुपमा बिकाश गर्ने हाम्रो ऐजेण्डाले कञ्चनपुर राजधानी बन्ने बिषयलाई थप बल पुग्दछ । यसमा सबैको ध्यान जाओस ।’ रमेश लेखकले आफ्नो फेसबुकमा उहाले लेख्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved