रमाईलो मेला कैलाली उद्योग वाणिज्य संघका लागि राम्रो आम्दानीको स्रोत बन्दै

0

सीताराम ओझा, धनगढी १६ साउन ।

सुरुवातमा महोत्सव आयोजना गर्नका लागि रकम तिरेर ल्याईएको रमाईलो मेला कैलाली उद्योग वाणिज्य संघको राम्रो आम्दानीको स्रोत वन्दै गएको छ । विगत १२ वर्षदेखि आयोजना हुँदै आएको सुदुरपश्चिम महोत्सवबाट सवैभन्दा वढी आम्दानी रमाईलो मेलाबाट हुन थालेको हो ।

२०६३ सालमा कैलाली उद्योग वाणिज्य संघले ६ लाख रकम तिरेर रमाईलो मेलालाई महोत्सवभित्र राखेकोमा हाल आएर त्यसवाट नै सवैभन्दा वढी आम्दानी हुन थालेको हो । आगामी मंसीर २२ गतेदेखि आयोजना हुने सुदुरपश्चिम महोत्सवमा राखिने रमाईलो मेलाका लागि संघले सम्झौता गरेको छ ।

अवको महोत्सवमा रमाईलो मेला संञ्चालन गरे वापत संघलाई ३७ लाख रकम दिने गरी सम्झौता गरिएको संघका महासचिव रुपेश स्वाँरले जानकारी दिनुभयो । यो वर्षको महोत्सवका लागि राजधानी एन्युजमेन्ट नेपालसँग रमाईलो मेला सञ्चालन सम्वन्धी सम्झौता गरिएको हो । अघिल्लो वर्ष पनि संघले रमाईलो मेलावाट २२ लाख आम्दानी गरेको थियो ।

अघिल्लो वर्षमा राखिएका रमाईला मेलाका ईभेन्ट तथा खेलहरु थप गरिने भएपनि त्यो हेरे वा खेल वापतको टिकट रकम भने नवढाउने सहमति भएको कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक ज्योती भट्टले वताउनुभयो । रमाईलो मेलामा टीकट महंगो भयो भनेर गतवर्ष पनि नगरबासीले गुनासो गरेका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved