This is a test

योजना सम्झौताको चार महिनापछि धनगढी वसपार्क मर्मतको कार्य सुरु

0

नवराज पनेरु, धनगढी मंसिर ०७ गते ।

योजना सम्झौता भएको चार महिनापछि बुधवार देखी धनगढी बसपार्क मर्मतको कार्य सुरु भएको छ । सुदुरपश्चिम यातायातले बसपार्कको पश्चिम पट्टीका बसहरु अन्यत्रै सारेपछि बुधवार देखी बसपार्क मर्मतको कार्य सुरु गरीएको हो ।

मंगलवार भएको सर्वपक्षिय छलफलले बसपार्क मर्मतको कार्य सुरु गर्ने निर्णय गरे अनुसार बसपार्क खन्ने काम सुरु भएको निर्माण व्यवसायी किशोर ठकुराठीले जानकारी दिनुभयो । योजना सम्झौता भएको चार महिनापछि मर्मतको कार्य सुरु भएपनि अवको ८ महिना भित्रै कुनै अवरोध नभए निर्धारीत समयमै निर्माणको काम सक्ने व्यसायी ठकुराठीले बताउनुभयो ।

उहाँले अहिले पनि पुर्ण रुपमा बसपार्क खाली नगरीएकाले बसापार्क खाली गरीए निर्माणमा सहजता हुने बताउनुयभो । सुदुरपश्चिम यातायात समितीका अध्यक्ष पदम सापकोटाले उत्तरवेहडीको टेम्पल रिसोर्ट नजिकैको जग्गा भाडामा लिएर बसपार्कको बैकल्पीक ब्यवस्था गरिएको बताउनुभयो । एक वर्षभित्रै मर्मत सक्ने गरी झण्डै एक करोड ३५ धनगढी बसपार्क मर्मतको ठेक्का सम्झौता भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved