This is a test

योजना छनौटको प्रक्रिया अब बैशाख महिनादेखी मात्रै सुरु हुने

0

नवराज पनेरु, धनगढी पुस ३० गते ।

नेपालको संविधान २०७२ अनुसार स्थानीय तह कार्यान्वयन भएसंगै अव योजना छनौटको प्रक्रिया बैशाख महिनादेखी मात्रै सुरु हुनेको भएको छ । विगतमा स्थानीय निकाय हुँदा योजना छनौटको प्रक्रिया कार्तीकदेखी नै सुरु हुने गरेकोमा अव भने बैशाख देखी मात्रै हुने भएको हो । विगतमा स्थानीय स्वायत्त शासन ऐन अनुसार योजना छनौटको प्रक्रिया हुनेमा यसपालीदेखी भने नेपालको संविधान २०७२ अनुसार योजना छनौट गरीने छ ।

स्थानीय तह कार्यान्वयनमा आएसंगै जनप्रतिनीधी पनि एउटै वडामा ५÷५ जना भएपछि अव योजना छनौट पनि बढि भन्दा बढि नागरीक सहभागीतामा हुने विश्वास गरीएको छ । विगतमा स्थानीय स्वायत्त शासन ऐन अनुसार योजना छनौट गर्दा कार्तीक महिनादेखी नै योजना छनौटका चरणहरु सुरु हुने गरेका थिए । तर नयाँ संरचनामा बैशाखदेखी मात्रै योजना छनौट हुने संघिय मामीला तथा स्थानीय विकास मन्त्रालयका सह सचिव तथा प्रवक्ता रुद्रसिह तामाङले बताउनुभयो ।

नयाँ व्यवस्था अनुसार टोल वा बस्तीस्तरबाट छनौट भएका योजना वडाको प्राथमिकीकरणमा पर्नुपर्ने व्यवस्था छ । प्राथमिकीकरणमा परेका योजनाहरू कार्यपालिकाको स्वीकृति र सभाले पारित गरेपछि स्थानीय तहको बार्षिक योजना बन्ने व्यबस्था छ । साविकका स्थानीय निकायमा १४ चरणको योजना छनौट प्रणालीको अभ्यास हुँदै आएको थियो । नयाँ प्रणालीले गाउँ र नगर सभालाई जिम्मेवार बनाएको छ भने गाउँपालिका तथा नगरपालिकाले समुदाय र वस्तीस्तरलाई नागरिक सहभागिताको थलोका रुपमा परिभाषित गरेको छ ।

तर विगतमा हजारौ जनसङख्या रहेको वडामा योजना छनौट गर्दा १०, १२ जना टाठाबाठाको सहभागीतामा गर्ने परिपाटी रहेको थियो । अव भने एकै वडामा कम्तीमा पनि ५ जना जनप्रतिनीधी निर्वार्चीत भएकाले योजना छनौटमा नागरीक सहभागीता बढ्ने धनगढी उप–महानगरपालीकाका ईन्जीनियर द्धिजराज भट्टले बताउनुभयो । वडास्तरलाई सिफारिस गर्ने निकायका रुपमा स्थापित गरेको छ ।

गाउँपालिका र नगरपालिकाको योजना बन्न वडाको प्राथामिकीकरण गर्नेपर्ने हुन्छ । यसको अर्थ गाउँ तथा नगरको केन्द्रमा बसेर बजेट विनियोजन गर्ने प्रवृत्तिलाई यसले निषेध गरेको छ । अर्को आर्थिक बर्षदेखि बैशाखबाट योजना प्रणाली सुरू भई असार मसान्तमा स्थानीय सरकारहरूले योजना तथा बजेट तयार गरि सक्नु पर्छ । यस्ले योजना कार्यान्वयनमा पनि हसज हुने संघिय मामीला तथा स्थानीय विकास मन्त्रालयका सह सचिव तथा प्रवक्ता रुद्रसिह तामाङले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved