यू १९ विश्वकप छनोट : सिंगापुरमाथि नेपालको संघर्षपूर्ण जित

0

६ साउन, काठमाडौं ।

१९ वर्ष मुनिको विश्वकप छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ । १६९ रनको लक्ष्य पछ्याएको सिंगापुर एक समय जित नजिक देखिएको थियो । उसले ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो ।

४२ बलमा ३० रन मात्र चाहिएको थियो र ५ विकेट हातमा थियो । तर, एकाएक नेपाल खेलमा फर्कियो । नेपाली बलरहरुले मात्र ७ रन दिँदा ५ विकेट लिएर २२ रनको जित दिलाए । ४४ औं ओभरको पहिलो बलमा विकेट लिएर हंसुल दीपको विकेट लिएक नेपाली कप्तान सन्दिप लामिछानेले ओभरको अन्तिम बलमा युवराज सिंहलाई पनि पभेलियनको बाटो देखाए । अर्को ओभर किशोर महतोले सिंगापुरको आठौं विकेट लिए ।

४६ औं ओभरको दोस्रो बलमा विकेट लिँदै सन्दिपले हार्दैै गरेको नेपालााई जितर्फ डोर्होयाए । ४७ औं ओभरको पाँचौं बलमा सपन सरार्फले बीबी विक्रमको विकेट लिँदै नेपालको जितलाई औपचारिकता दिए ।
स्रोत : Onlinekhabar 

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved