युवाहरुमा सकारात्मक सोचको विकास नभएसम्म देशमा विकास नहुने : मन्त्री गौतम

0

दुर्गा देवकोटा, टीकापुर ३१ भदौं ।

सिचाइ मन्त्री संजय गौतमले युवाहरुमा सकारात्मक सोचको विकास नभए सम्म देशमा विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल जेसिजको आयोजनामा लम्की जेसिजको आतिथ्यतामा कैलालीको लम्कीमा शुरु भएको क्षेत्र ‘घ’ सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै सिचाइ मन्त्री गौतमले आफुमा सकारात्मक सोचको विकास नभएसम्म युवाहरुलाई रचनात्मक कार्यमका लगाउन नसकिने बताउनुभयो ।

देशमा रहेका बिभिन्न सामाजिक संस्था र राजनितिक दलहरुले आफ्नो विचारबाट विचलन हुदै गएको भन्दै चिन्ता ब्यक्त गर्नु भएको थियो । उहाँले यस क्षेत्रमा नदि कटान नियन्त्रण, रानिजमरा कुलरीया सिचाई आयोजनाको दोस्रो फेसमा सञ्चालन हुने कार्यक्रमका बारेमा आफु गम्भीर भएको बताउनुभयो । सम्मेलनमा देशभरका ५५ शाखाका ६ सय बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । सम्मेलन आज र भोली सञ्चालन हुनेछ । नवलपरासिको गैडाकोटदेखि महाकालीसम्मका ४२ शाखा क्षेत्र घ अन्तर्गत रहेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved