यार्साबाटै १ करोड बढि राजस्व संकलन

0

नरेन्द्र कार्की, दार्चुला १२ भदौ ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा निकासीबाट १ करोड बढि रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले हालसम्म ४ सय १० किलोग्राम यार्सागुम्बा निकासी बाफत १ करोड २ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । प्रमुख संरक्षण अधिकृत भुमीराज उपाध्यायका अनुसार कार्यालयले प्रतिकिलोग्राम २५ हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको छ । जिल्लाबाट यसवर्ष ६ सय ९३ किलोग्राम यार्सागुम्बा निकासी गर्ने कार्य योजना रहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved