यात्रु सहायता कक्षको स्थापना

0

बिष्णु प्रसाद देवकोटा, महेन्द्रनगर २८ भदौ ।

चाडपर्वका समयमा यात्रा गर्ने यात्रुहरुको समस्यालाई ध्यानमा राख्दै महेन्द्रनगरमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । बुधवार बिहान एक कार्यक्रमको आयोजना गरि बसपार्क नजिकै यात्रु सहायता कक्षको स्थापना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र सहितका संघसंस्थाहरुको सहयोगमा बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गर्नुभयो ।

उहाले बसपार्कमा यात्रुहरुलाई पर्ने समस्या समाधानका लागि यात्रु सहायता कक्षले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । चाडपर्व नजिकिए संगै बसपार्कमा यात्रुहरुलाई असहज हुन थालेपछि त्यसको रोकथाम गर्नका लागि सहायत कक्ष स्थापना गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण प्रसाद वोगटीले बताउनुभयो । भारतबाट काम गरेर घर फर्किनेहरुलाई बढिजसो बसपार्क क्षेत्रमा सास्ती हुने गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved