This is a test

म्यान अफ द म्याचलाई प्रायोजन

0

धनगढी, पुस १६

 

पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको प्रत्येक खेलको म्यान अफ द म्याचलाई धनगढीको खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सले प्रायोजन गरेको छ । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवसँग खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सले एक लाख १० हजारमा म्यान अफ द म्याच प्रायोजनको सम्झौता गरेको हो ।

 

गोल्डकप अवधिभर ११ वटा खेलहरु हुनेछन । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार दिईने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका सचिव तथा प्रवक्ता ओम चन्दले जानकारी दिनुभयो ।  खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सका सञ्चालक नारद ढुंगानाले आफ्नै क्षेत्रमा देशकै सर्वाधिक धनराशीको गोल्डकप हुन लागेकोले त्यसलाई सहयोग गरेको वताउनुभयो ।

 

उहाँले आगामी दिनमा गोल्डकपका लागि सहयोग गर्ने वताउनुभयो । प्रतियोगिता सुरु हुने दिन नजिकिएसँगै आयोजकलाई तयारीको चटारो वढेको छ । आयोजकहरु तयारीमा तिव्र रुपमा जुटिरहेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved