This is a test

मोहनापुल–अत्तरीया सडकमा परेका संरचना भत्काउन अटेरी गर्नेहरुको सर्वत्र आलोचना

0

एफएम संवाददाता, धनगढी पौष २५
मानबहादुर खडकाका नामको धनगढीको चौराहमा रहेको संगम गेष्ट हाउसको तेस्रो तल्ला आधा मात्रै बनाईएको छ, घर बनेपछि अञ्चलाधिश ललीतवहादुर वमसँगको सम्वन्धका कारण उहाँले त्यो जग्गा पास गराएको पुराना ब्यक्तिहरु बताउछन । खडका तत्कालिन पञ्चायतका सदस्य हुन । चौराहमै दक्षिणतिरको सडक खण्डको पश्चिमी क्षेत्रमा झण्डै डेढ दर्जन वढी सटर वनाउनु भएका महेन्द्र नाथ गैरेको जग्गा पनि तत्कालीन समयमा पानी निकासको नाला भएको वताईन्छ ।

गैरे र उहाँकी श्रीमति कुसुमलता गैरेको नाममा रहेका जग्गा र घर दुवै जनाको नाममा पास भएको छ । मुद्धा दायर गर्ने १३ जना व्यापारीहरु धना जोशी, लोकवहादुर कुँवर मीनकाजी क्षेष्ठ गंगा शाह यज्ञराज ओझा मानहवादुर चन्द ज्ञानवहादुर विष्ट सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोराका मुख्य सडकमा दुई तीन तले घर र दर्जनौ सटरहरु रहेका छन ।

उनीहरुले ती सटरहरु, व्यवसायी, वैंक तथा वित्तिय संस्था र विभिन्न कार्यालयलाई भाडामा दिएर भाडा वापत लाखौं रकम आम्दानी गरिरहेका छन ।
मोहनापुल–अत्तरीया ६ लेन सडकमा परेका संरचना भत्काउन अटेरी गर्दै सर्वोच्चमा रिट हालेका जग्गाधनीहरुले नै अञ्चलधीससँगको सम्बन्धका आधारमा जग्गा पास गराएको खुलेको छ । सडकको बीचबाट साढे ८२ फिटको चौडाईलाई ७५ फिट कायम गर्नुपर्ने र आफ्ना संरचना भत्काउँदा क्षतिपुर्ति पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा १३ जना घरधनीहरुले रिट हालेका छन । रिट हालेका व्यवासायीहरुले आफ्नो अधिकारका लागि लडाई लड्न पाउने कुरालाई कसैले रोक्न सक्दैन तर विकास नै रोक्ने गरी गरिएको प्रयासको सर्वत्र विरोध हुन थालेको छ ।
मद्धा हालेर विकासको कामलाई रोक्ने प्रयास गरिरहेका उनीहरुको चर्तिकला देखेर अन्य व्यवसायी र विकासप्रेमीहरु चकित परेका छन । उनीहरुलाई प्रदेश नम्वर ७ को समृद्धिसँग जोडिएको ६ लेनको सडक निर्माणमा सहयोग गर्न र विकास विरोधी नवन्न आग्रह गरेका हुन ।
सरकारले नागरिकलाई दिने लालपुर्जाको पछाडी पट्टि पनि सरकारलाई आवश्यक परेमा अधिग्रहण गर्न सकिने छ भनेर उल्लेख गरिएको हुन्छ । तर महाकाली कोरिडोर अन्तर्गत पर्ने सो सडक, सडक ऐन २०३४ मै सडकको चौडाई साढे ८२ फिट अर्थात २५ मिटर कायम गरिएको हुँदा पनि अहिले आएर पैसा, सत्ता र शक्तिको भरमा राजपत्रमा प्रकाशित भएको कुरा उल्टाउने प्रयास भईरहेको हो । स्थानीय तह सञ्चालन सम्वन्धिी पछिल्ला दिनमा वनेका ऐन नियम र कानुनमा पनि स्थानीय तहले आवश्यक ठानेमा सडक विस्तार गर्न सक्ने, अधिग्रहण गर्दा क्षतिपुर्ति दिन पनि नपर्ने र संरचना भत्काउन सकिने प्रशस्त अधिकार दिएका छन ।
प्रदेश नम्वर ७ का २८ लाख जनताको भविष्य र समृद्धिसँग जोडिएको ६ लेन सडक निर्माणलाई प्रभावित पार्न १३ जना व्यापारीले गरिरहेको चलखेलको चौतर्फी विरोध र आलोचना भएको छ । चौराहेखि भन्सारसम्का अधिकांश घरधनीहरुले संरचना भत्काईसकेको र चौराहदेखि उत्तरतिरका धरधनीहरुले पनि भत्काउन सुरु गरिसकेकोले व्यक्तिगत स्वार्थमा नअलिझन धेरैले सुझाव दिएका छन ।
मोहनापुल–अत्तरीया ६ लेन सडक खण्डको दायाँयाबाँया रहेका संरचनाहरु भत्काउन चौराहदेखि वोराडाडीसम्मका व्यापारीहरुले सुरुवातमा अटेरी गरेपनि अहिले आएर भने धमाधम भत्काउन थालेका छन । उनीहरुले आफुहरुसँगै भावी पुस्ताका लागि समृद्धिको मुख्य आधार सडक भएको महसुस गर्दै संरचना भत्काईरहेका हुन ।
सडक निर्माण आसपासमा दर्जनौ सटर र धेरै घर भएका र आर्थिक रुपले सम्पन्न घरधनीहरुले सकडको मध्यविन्दुवाट साढे ८२ फिटको चौडाई घटाएर ७५ फिट कायम हुनुपर्ने, आफुहरुले क्षतिपुर्ति पाउनु पर्ने र त्यो दुबै नभए निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिछ दायर गरेका छन । यो रिट ३०३४ सालको राजपत्रको खिलापमा रहेको मोहनापुल अत्तरीया सडक आयोजनाका नायव सुव्वा खेमराज भट्टले बताउनुभयो ।
६ लेन सडक आसपासका घरधनीहरुले आफ्ना संरचनाहरु भत्काउँदा हुने नोक्सानीको क्षतिपुर्ति पाउनका लागि विभिन्न वैकलिप्क वाटाहरु अपनाउन सकिन्थो । त्यसैले भावि सन्ततीको समृद्धीका लागि पनि सबैले सोच्ने हो की ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved