This is a test

मोहनापुल–अत्तरिया ६ लेन सडकको रिट निबेदनको फैसला फेरि सर्यो

0

धनगढी, माघ ०३ गते ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको मंगलवार हुने भनिएको रिट निबेदनको फैसला फेरि सरेको छ । यस्तै रिट काठमाण्डौंको कलंकी–त्रिपुरेश्वरको पनि परेकाले दुबै मुद्धा सँगै राख्ने आदेश दिदै फैसला सरेको सह न्यायाधीवक्ता खेमराज ज्ञवालीले जानकारी दिनुभयो ।

मोहनापुल–अत्तरिया सडकमा परेका संरचनाको क्षतीपुर्ती दिनुपर्ने मागगर्दै धनगढीका धना जोशी, लोकवहादुर कुँवर मीनकाजी क्षेष्ठ गंगा शाह यज्ञराज ओझा मानहवादुर चन्द जानवहादुर विष्ट कुसुमलता गैरे महेन्द्रनाथ गैरे मानवहादुर खड्का दुर्गा खड्का सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका थिए ।

१३ जनाको रिट परेपछि सर्वोच्चले तत्कालका लागि छ लेन सडकको संरचना नभत्काउन आदेश दिएपछि अहिले सडकमा परेका संरचना भत्काउने काम रोकिएको छ । ती संरचना भत्काउने वा नभत्काउने भनि मंगलवार हुने भनिएको फैसला सरेको र अर्को बहस माघ ८ या ९ गते हुने योजनाको तर्फबाट बहस गर्नुभएका सह न्यायाधिवक्ता खेमराज ज्ञवालीले जानकारी दिनुभयो ।

पुष १९ गते रिट हालिएपनि पुष २६ गतेका लागि बहसको समय तोकिएको थियो । त्यो दिनको बहस समय अभाव भएको भन्दै मंगलवारका लागि सारिएको हो । त्यतीबेला सर्वोच्चका न्यायाधीस द्वय दिपकराज जोशी र चोलेन्द्र समसेर जबराको ईजलासलाई ६ लेनको मुद्धाको जिम्मा दिईएपनि मंगलवार भने प्रधानन्यायाधीस पराजुली र हरिकृष्ण आचार्यको ईजलासले हेरेको हो ।

प्रधान न्यायाधीस पराजुलीकै ईजलासमा आफुले यदी जनताले रिट हाल्दै जाने हो र सर्वोच्चले त्यसमा अन्तरिम आदेश दिदै जाने हो भने भौतिक पुर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय र सडक विभाग जस्ता विकासे अड्डा नै खारेज गरिदिए हुन्छ श्रीमान भनेर बहस गरेको सह न्यायाधीवक्ता ज्ञवालीले बताउनुभयो ।

उहाँले, मोहनापुल– अत्तरिया सडकको अन्तरित आदेश दिने वा नदिने कुरा काठमाण्डौंको सडक सँग जोडेर लम्ब्याउन नहुने बताउदै सर्वोच्चले भनेपछि मान्नै पर्ने धारणा ब्यक्त गर्नुभयो । पछिल्लो समय सर्वोच्चमा रिट पर्ने र सर्वोच्चले अन्तरिम आदेश दिदै गरेका कारण विकास निर्माणका कामहरु प्रभावित भईरहेको पनि उहाँको भनाई थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved