This is a test

मोहनापुल अत्तरिया सडकको चौडाई घटाउन परेको रिट निवेदन सर्वोच्चद्धारा खारेज

0

शिबराज भट्ट, काठमाण्डौ फागुन ०८
मोहनापुल–अत्तरिया सडकको चौडाई घटाउन परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधिसद्धय ओमप्रकाश मिश्र र शारदा प्रसाद घिमिरेको संयुक्त ईजलासले आज सो रिट निवेदन खारेज गरेको हो । यो सँगै योजना कार्यालयलाई सडकको सीमानामा परेका संरचना भत्काएर पनि सडक निर्माण गर्ने बाटो खुलेको छ । गत पुष १९ गते धनगढीका धना जोशी, लोकवहादुर कुँवर, गंगा शाह, यज्ञराज ओझा, मानवहादुर चन्द, ज्ञानवहादुर विष्ट, कुसुमलता गैरे, , महेन्द्रनाथ गैरे, मानवहादुर खड्का, दुर्गा खड्का, सुरज विक्रम श्रेष्ठ र सरफ सिंह वोहोरा गरी १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका थिए । सुरुमा १३ जना घरधनीले मुद्धा हालेकोमा मिनकाजी श्रेष्ठले भने विचमा मुद्धा फिर्ता लिएका थिए भने लोकवहादुर कुँवरले आफै घर भत्काएका थिए ।
पटक पटक गरी सारिदै आएको रिट निबेदनको आज बहस भएको हो । रिट निवेदनकर्ताका तर्फबाट बसह सकिएपछि, विपक्षि नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता खेमराज ज्ञवाली, रमादेबी पराजुली र उद्धव प्रसाद पुडासैनीले बहस गर्नुभएको थियो । विकास निर्माणका कामहरुमा सर्वोच्चले बाधक बन्नु हुदैन भनेर आफुहरुले विगतका नजिरहरु पेश गरेको र त्यसमा सर्वोच्चको ईजलास विश्वस्त भएपछि यसअघिको एकल ईजलासले जारी गरेको अन्तरिम आदेश खारेज भएको आज बहस गरेका मध्येका नेपाल सरकारका सह न्यायाधीवक्ता खेमराज ज्ञवालीले बताउनुभयो ।
सडक सीमानामा घर संरचना परेका १३ जनाले आफुहरुले क्षतीपुर्ती पाउनुपर्ने अन्यथा सडकको सीमाना साढे ८२ फिट बाट ७५ कायम हुनुपर्ने भन्दै पुष १९ गते सर्वोच्चमा रिट निबेदन हालेका थिए । यो संँगै अव मोहनपुल अत्तरिया सडकमा, केन्द्रविन्दुवाट साढे ८२ फिटभित्र वनेका संरचना भत्काउने बाटो खुलेको छ । रिट निबेदनपछि सडकको निर्माण काम प्रभावित हुदै आएको थियो । मोहनापुल–अत्तरीया ६ लेन सडक प्रदेश नम्वर ७ का २८ लाख जनताको भविष्यसँग जोडिएकोले यसको निर्माण कार्य प्रभावित हुन नहुने भन्दै दिनेश एफएमले लामो समयदेखि रिर्पोटिङ गरेको थियो । यस्तै धनगढी युवा दवाव समुहले पनि धनगढीमा सर्बच्चोका निर्णयलाई स्वागत गर्दै ¥याली निकाल्ने भएको छ । धनगढीको ट्राफीक चौराहदेखी जिल्ला प्रशासन सम्म ¥याली निकाल्ने युवा दवाव समुहका संयोजक अर्जुन रावलले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved