This is a test

मेसीन विग्रिएर डायलसिस सेवा बन्द भएपछि बिरामीहरुको बिचल्ली

0

नवराज पनेरु, धनगढी मंसिर ०७ गते ।

सेती अञ्चल अस्पतालमा मेसीन विग्रीएर आकस्मीक बाहेकको डायलसिस सेवा बन्द भएपछि डायलासीस गराईरहेका बिरामीहरुको बिचल्ली भएको छ । एक महिनाको अवधीमा चार मध्ये तीन वटा डायलासिस मेसिन विग्रिएपछि विरामीहरुको विचल्ली भएको छ । अहिले सुचारु अवस्थामा रहेको एउटा मेसीनबाट आकस्मीक रुपमा मात्रै अञ्चल अस्पतालले डायलासीस सेवा प्रदान गरीरहेको छ ।

प्रदेश नम्वर ७ भरीमा सेती अञ्चल अस्पतालमा मात्रै डायलासिस सेवा रहेपनि तिन वटा मेसीन बिग्रीएर अस्पतालले विरामीलाई अन्यत्र लैजान सुचना जारी गरेपछि उनिहरु विचल्लीमा परेका हुन् । लामो समयदेखी काठमाण्डौंका अस्पतालमा मृगौला विरामी श्रीमानको डायलासीस गराईरहनुभएकी धनगढीको चटकपुरकी अनु तामाङले गत बर्षदेखी सेती अञ्चल अस्पतालमै डायलासीस सेवा सुरु गरीएपछि आफ्नै क्षेत्रका अस्पतालमा उपचार पाईने भयो भनेर यतै नाम सराउनु भएको थियो, तर अस्पतालमा मेसीन विग्रीए पछि तामाङलाई श्रीमानको डायलासीस अन्यत्र कहाँ लगेर गर्ने भन्ने चिन्ताले पिरोलीरहेको छ ।

मृगौला विरामी कैलालीको बल्मीकी तुलसी महरा पनि साताको दुई पटक डायलासीस गर्दै आउनुभएको छ । नियमीत तालीका अनुसार महरा पनि बुधवार विहानै डायलासीसका लागी सेती अञ्चल अस्पताल पुग्नुभयो, तर उहाँलाई पनि मेसीन विग्रीएको भन्दै डायलासीस सेवा अवरुद्ध भएको जानकारी दिईयो । उहाँहरु मात्रै होईन सेती अञ्चल अस्पतालमा डायलासीस सेवा लिईरहेका २८ जना र पालो कुरीरहेका झण्डै एक सय जना मेसीन विग्रीएपछि विचल्लीमा परेका छन् । असोजको पहिलो हप्ता देखि विग्रिन सुरु हुन भएका डायलासिस मेसिनहरु एकपछि अर्को गर्दै अहिले आएर तीन वटा विग्रिएका हुन ।

असोज ६ गते पहिलो मेसिन विग्रएको, त्यसपछि अर्को मेसिन १३ गते बिग्रिएको र तेस्रो मेसिन सोमबार मात्रै बिग्रीएको थियो । तर एक महिना अगाडी विग्रीएको मेसीन पनि मर्मत नगरेर अस्पतालले थन्काएर राखेका कारण एकै पटक विकराल समस्या देखीएको सेती अञ्चल अस्पतालमा डायलासीस सेवा लिईरहेका विरामीका आफन्त राजेश सिहले बताउनुभयो ।
सेती अञ्चल अस्पतालमा सबैभन्दा पहिला नेपाल मानव अंग प्रत्यारोपण केन्द्रले जर्मन कम्पनीका दुई वटा मेसिनबाट डायलासिस सुरु गरेको थियो । त्यसपछि स्वास्थ्य सेवा विभागको आपुर्ती महाशाखाले चाईनीज कम्पनीका थप दुई वटा मेसिन पठाएपछि सेती अञ्चल अस्पतालमा डायलासिस मेसिनको संख्या चार पुगेको थियो । अस्पतालले मेसीन विग्र्रीको सम्वन्धमा स्वास्थ्य सेवा विभागलाई जानकारी गराई सकेको तर अहिले सम्म कुनै प्राविधिक नआएको सेती अञ्चल अस्पतालका निमित्त मेसु डाक्टर कपिल गौतमले बताउनुभयो ।

गत बर्ष असोजको १८ गते तामझामका साथ तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेको सेती अञ्चल अस्पतालको डायलासिस सेवा कहिले पानी अभाव, कहिले जडानमा समस्याले पटक–पटक प्रभावकारी हुदै आएको छ । मृगौला रोगीका लागी सुरु गरीएको डायलासीस सेवा नै बन्द हुँदा भने विरामीहरुले जिस्काउनका लागी मात्रै सेवा सुचारु गरीएको आरोप लगाएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved