मेयर पदका स्वतन्त्र उमेदवार गोपाल हमालद्वारा घरदैलो सुरु

0

धनगढी, २६ बैशाख ।

धनगढी उपमहानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उमेदवार गोपाल हमालले आजबाट नगर क्षेत्रमा घरदैलो अभियान सुरु गुर्नभएको छ । हमालको निर्वाचन समितिको सचिवाल रहेको सेती अञ्चल अस्पताल लाईन देखि महालक्ष्मी बैंक सम्मको बजारको उत्तरतिरको लाईनमा घरदैलो गरिएको प्रचार प्रसार समितिले जनाएको छ ।

घरदैलो अभियानका क्रममा हमालले जारी गर्नुभएको २८ बुँदे घोषणापत्र वितरण गरिएको छ भने विकासका लागि एक भोट मागिएको प्रचार प्रसार समितिका संयोजक दानबहादुर रावलले जानकारी दिनुभयो । यस्तै धनगढी उपमहानगरपालिाको वडा नंं ३ बडहरामा पनि चुनावी कार्यक्रम गरिएको छ । घरदैलोका क्रममा धेरै मतदातामा विकास प्रतिको तिब्र चाहना देखिएको प्रचार प्रसार समितिले जनाएको छ ।

Share.

Leave A Reply