This is a test

मेयर उपमेयरका प्रतिबद्धता, छाडा चौपाया ब्यवस्थापन पनि कागजमै हरायो

0

दीपक जोशी, धनगढी मंसिर ०८ गते ।

स्थानीय तहको चुनावका बेला धनगढी उपमहानगरपालिकाका मेयर उपमेयरको घोषणा पत्रमा छाडा चौपाया ब्यवस्थापनका लागि सार्वजनिक तथा नीजि साझेदारीमा ब्यवस्थीत गौशाला निर्माण गरिने कुरा उल्लेख छ, तर देबहरिया बनमा काँडेतारभीत्र थुनीएका गार्ईगोरु दैनिक जसो मर्न थालेका छन । सार्वजनिक नीजि साझेदारीका कुरा हराएपछि मेयर नृपबहादुर ओडले बनमा थुनेर गौशाला बनाएका हुन । खाना, पानीको अभावका साथै कठ्यांग्रीदो जाडोमा गाईगोरु मर्न थालेपनि नगरपालिकाको ध्यान जान सकेको छैन ।

जिल्ला बनस्पती कार्यालयको भोगाधिकारमा रहेको देबहरीया बन क्षेत्रमा काँडेतार लगाइ त्यहाँ बजारका छाडा चौपाया थुनीएका छन । त्यहाँ काँडेतारले छेडेर धेरै चौपाया घाईते भएका छन भने धेरै उपचारै नपाएर मरिरहेका छन । दिनेश एफएमले लगातार रिपोर्ट प्रसारण गर्दा पनि उपमहानगरपालिकाले खासै चासो लिएको छैन । शितलहर र हुस्सु सहितको कठ्याङग्रीने जाडोले देवहरिया बनमा काँडेतारभीत्र थुनिएका २५ भन्दा बढी चौपायाहरु यस अघि नै मरिसकेका छन भने कतिपय अझै मर्ने क्रममा छन ।

आहारा नपाएर भोकले तड्पीएका चौपायाहरु कठ्याङग्रीने जाडोका कारण धमाधम मर्न थालेका गोठाला पृथ्वी रानाले बताउनुभयो । छाडा चौपायाको व्यवस्थापनको नाममा काँडेतारभित्र थुनेर मात्रै राखिदिएको भन्दै नगरवासिहरुले धनगढी उपमहानगरपालिकाको चर्काे आलोचना गर्दै आएका छन । कतिपयले त धनगढी उपमहानगरपालिका र त्यहाँका नगरप्रमुखका नाममा गौहत्याको मुद्धा चलाईनुपर्ने भन्दै सामाजिक संजालमा स्टाटस समेत हालेका छन । धनगढीका मेयर नृपबहादुर ओडले दैनिक जसो गाईहरु मर्दा समेत खासै चासो दिनु भएको छैन ।

उहाँले नै हजारौं जनतालाई बाँडनु भएको घोषणा पत्रको खानेपानी सरसफाई तथा ढल ब्यवस्थापन शिर्षको बुँदा नम्बर ङ शहरलाई स्वच्छ र सफा राख्न छाडा चौपायाका लागि ब्यवस्थित गौशाला निर्माण गरिने उल्लेख गरेका छन । दिनेश एफएमको लगातारको रिपोर्ट प्रसारण पछि, नगरपालिकाले जंगलको बिच भागमा काँडेतारभित्र थुनिएर राखिएका चौपायाका लागि अस्थाई टहरा बनाउने जनाएको छ । साढे चार लाखको लगानीमा अस्थाई टहरा निमार्णको काम सुरु गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved