This is a test

मेयर, उपमेयरका आश्वासन कागजमै सिमीत, गहु छर्ने बेला मल समेत पाएनन् किसानले

0

दीपक जोशी, धनगढी मंसिर ०७ गते ।

धनगढी उपमहानगरपालिकाका किसानहरुले आफुहरुका लागि आकर्षक नारा मात्रै सार्वजनिक नगर्न नेताहरुलाई आग्रह गरेका छन । आफुहरुका समस्या समाधान गर्न कुनै पहल नगर्ने नेताहरुले चुनावका बेला आकर्षक नारा मात्रै सुनाउने परम्परा नतोडिएपछि निराश भएका किसानहरुले यस्तो बताएका हुन ।

उनिहरुले यस अघि भएको स्थानिय तहको निर्वाचनका बेला धनगढीका मेयर र उपमेयरले किसानहरुका लागि आकर्षक योजनाहरु ल्याउने प्रतिबद्धता जनाएको तर काम केहि नगरेको भन्दै आक्रोस पोखेका छन । गहु छर्ने समयमा रसायनिक मल नपाएपछि किसानहरुको आक्रोस झनै बढेको हो ।

बिगतका बाचा पुरा नगरेका नेताहरुले अब मलको फ्याक्ट्री नै खोल्ने कुरा यहाँका किसानहरुले पचाउन नसकेको प्रतिक्रिया दिएका छन । यस अघि भएको स्थानिय तहको निर्वाचनमा किसानहरुलाई मलखाद सहुलियत दरमा समयमै उपलब्ध गराउने भन्दै मेयर र उपमेयरले प्रतिबद्धता गरे पनि त्यो कागजमै सिमीत भएको छ । स्थानिय तहको निर्वाचनका बेला धनगढीका मेयर र उपमेयरले किसानलाई चाहिने रसायनिक मल, किटनाशक औषधी, कृषि औजार र बिउ बिजन समयमै र सहुलियत दरमा उपलब्ध गराईनेछ भन्दै लिखित प्रतिबद्धता जनाएका थिए ।

मेयर र उपमेयरले सार्वजनिक गरेको घोषणापत्र अथवा प्रतिबद्धता पत्रको ५ नम्बरमा कृषि व्यवस्थापन शिर्षकको ङ बुदामा स्थानिय कृषि सहकारी संस्थाहरु मार्फत किसानहरुलाई मलखाद किटनाशक औषधी, कृषि औजार र बिउ बिजन सहुलियत दरमा उपलब्ध गराईनेछ भनेर लेखिएको छ ।

अहिले गहुँको सिजनमा मल नपाएर खेतवारी बाँझै राखेका किसानहरु नेताहरुले ठगेर देश र जनता लुटी खाएको भन्दै आक्रोस पोखिरहेका छन । स्थानिय तहको निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा नभएका बेला लगत्तै भईरहेको प्रतिनिधि सभाको निर्वाचनमा तिनै किसानहरुलाई मलको फ्याक्ट्री धनगढीमै खोलीने भन्दै नेताहरुले भोट मागीरहेका छन । चुनावका बेला जनताको मन जित्न जस्तो पनि प्रतिबद्धता जनाउने तर व्यवहारमा केहि पनि नगर्ने नेताहरुलाई जनताले आफ्नो अमुल्य मतले ठेगान लगाउन आवश्यक छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved