This is a test

मुख्यमन्त्री हुन बहुमत लिएर आउन प्रदेश प्रमुखको आव्हान

0

दीपक जोशी, धनगढी फागुन ०२ गते ।

प्रदेश नम्बर ७ को मुख्यमन्त्री चयनका लागि बुहुमत पेस गरेर आउन प्रदेश प्रमुख मोहनराज मल्लले आव्हान गर्नुभएको छ । बुधवार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु कांग्रेस, एमाले, माओवादी र राजपासंग छलफल सकेपछि प्रदेश प्रमुखको कार्यालयले बिज्ञप्ती निकाल्दै मुख्यमन्त्रीका लागि बहुमत पेस गरेर आउन आव्हान गरिएको हो ।

‘प्रदेश नम्बर ७ को प्रदेश सभाको अन्तिम परिणाम बिष्लेषण गर्दा नेपालको संबिधानको धारा १ सय ६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनितिक दलmको स्पष्ट बुहमत रहेको नेपालको संबिधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम बहुमत सदस्यहरुको समर्थन स्पष्ट देखिने गरी मुख्यमन्त्री पदमा नियुक्त हुन मिति २०७४÷११ महिना ४ गते दिनको ११ बजे भित्र प्रदेश प्रमुख समक्ष दावी पेश गर्न माननिय प्रदेश प्रमुख ज्यु बाट आव्हान भएकोले नेपालको संबिधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम यो बिज्ञप्ती जारी गरिएको छ।’

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको बिज्ञेप्तीमा उल्लेख छ । प्रदेश ७ मा ५३ जना प्रदेश सभा सदस्यहरु रहेका छन् । बामपन्थी कार्यदलको निर्णय अनुसार प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रको भागमा छ ।

यहाँ माओवादी केन्द्रले डोटीबाट बिजयी त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । अब माओवादी केन्द्रका नेता भट्टले मुख्यमन्त्रीमा नियुक्त हुन एमालेका प्रदेश सभा सदस्यहरुको समर्थन पाउन जरुरी छ । एमालेले संसददीय दलको नेता अझै चयन गरिनसकेकोले मुख्यमन्त्री चयन प्रक्रियामा ढिलाई भएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved