This is a test

मुख्यमन्त्रीको शपथग्रहण आज

0

धनगढी, फागुन ०५ गते ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै हुनुहुन्छ । आज अपराह्न ३ बजे प्रदेश ७ का प्रमुख मोहनराज मल्लले उहाँलाई आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ गराउँनुहुने प्रदेश मुख्यसचिव लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । भट्ट बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । भट्टलाई ३५ जना सांसदको समर्थन छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved