This is a test

मुख्यमन्त्रीको कार्यालयका लागि तयारी तिव्र (कुराकानी)

0

धनगढी, माघ १५ गते ।
सेती अञ्चल यातायात ब्यवस्था कार्यालयको नवनिर्मित भवनलाई मुख्यमन्त्रीको कार्यालयको लागि पनि युद्धस्तरमा काम भईरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको उक्त कार्यालयमा सबैभन्दा पहिला मुख्यमन्त्रीको पद बहालीपछि कार्यभार सम्हाल्नका लागि मुख्यमन्त्रीको कक्षको तयारी हुदैछ ।

यस्तै प्रदेश कार्यालय ब्यवस्थापन समितिले वडा प्रहरी अगाडि निर्माण भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा सामाजिक विकास मन्त्रालय, जिल्ला कृषि विकास कार्यालयमा आर्थीक मामीला तथा कानुन मन्त्रालय, क्षेत्रीय सिचाई निर्देशनालयमा भौतिक पुर्वाधार विकास मन्त्रालय राख्ने निर्णय गरेको छ ।

यस्तै आन्तरिक राजश्व कार्यालयको परिषरमा निर्माण भईरहेको नवनिर्मित भवनमा आर्थिक मामिला तथा उद्योग मन्त्रालय, तारानगरमा रहेको क्षेत्रीय पशु तालिम केन्द्रमा कार्यालयमा भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र क्षेत्रीय बन निर्देशनालयको भवनमा उद्योग पर्यटन, वातावरण तथा बन मन्त्रालय राख्ने निर्णय गरेको छ ।

संसद भवन, मख्यमन्त्रीको कार्यालय र अरु मन्त्रालयहरुको तयारी बारे सहकर्मी शिबराज भट्टले प्रदेश कार्यालय बयवस्थापन समितिका सदस्य सचिव समेत रहनु भएका शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख रविन्द बोहरासँग कुराकानी गर्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved