मुआव्जा रकम निर्धारण भएसँगै धनगढी विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अगाडी वढ्यो

0

सीताराम ओझा, धनगढी २८ साउन ।


कैलालीको गेटामा रहेको धनगढी विमानस्थलको स्तरोन्नतिका लागि मुआव्जा वितरणको प्रक्रिया अगाडी वढेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिको शुक्रवार वसेको वैठकले मुआव्जाको दर रेट तोकेपछि प्रक्रिया अगाडी वढेको हो । नापी कार्यालयले नाप नक्सा सहित मुल्यांकन गरिसकेपछि र मालपोत कार्यालयले जग्गा धनीहरुको विवरण उपलव्ध गराईसकेपछि लामो समयदेखि वस्न नसकेको मुआव्जा निर्धारण समितीको वैठक वसेको हो ।

साउनको ८ गतेपछि वस्नुपर्ने वैठक साउन अन्तिम सातातिर वसेको हो । वैठकले चार किसिमका जग्गाहरुको ३ लाखदेखि १२ लाखसम्म प्रति कट्टाका दरले मुआव्जा दिने निर्णय गरेको छ । जग्गाधनीहरुलाई मुआव्जा रकम लिन आउनका लागि छिट्टै सुचना जारी गर्ने र त्यसका लागि प्राधिकरणसँग थप रकम माग गर्ने निर्णय पनि मुआव्जा निर्धारण समितीले गरेको छ ।

विमानस्थलको धावनमार्ग देखि पुर्वतिर घोडषुवा र खुटीया रोडको बिचमा रहेको १७ विघा ३ कठ्ठा ११ धुर जग्गा अधिग्रहण गर्नका लागि मुआव्जा निर्धारण समितीको वैठकले दर रेट तोकेको छ । अधिग्रहणका लागि जग्गाधनीहरुलाई जानकारी दिनका लागि ३५ दिने सुचना प्रकाशित भईसकेको अवस्थमा अव मुआव्जा रकम लिनका लागि सुचना जारी हुने विमानस्थल प्रमुख छवि ठकुल्लाले बताउनुभयो । खेत, कच्ची, ग्रावेल र पक्की गरी चार किसिमले जग्गा अधिग्रहण गर्नका लागि ती जग्गाहरुको दर रेट पनि मुआव्जा निर्धारण समितीको वैठकले तोकेको छ ।

खेतको ३ लाख, कच्ची सडकको ५ लाख, ग्रावेलको ७ लाख र पक्कीको १२ लाख मुआव्जा दिने निर्णय गरिएको हो । मुआव्जा रकम लिनका लागि आउन जग्गाधनीहरुलाई सुचना जारी गर्ने र जग्गाधनीहरुलाई दावी विरोध गर्नका लागि केही समय दिईएपछि विमानस्थलले जग्गा पाउने मुआव्जा निर्धारण समितीका अध्यक्ष तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहणका लागि अघिल्लो वर्ष आर्थिक वर्षमा ६ करोड रकम पठाएकोमा त्यो रकम जिल्ला प्रशासन कैलालीको खातामा सुरक्षित रहेको छ ।

जग्गा अधिग्रहणक लागि अपुग रकम झण्डै २५ करोड रकम प्राधिकरणको केन्दसँग माग गरिएकोमा प्राधिकरण त्यो दिन पनि तयार रहेको छ । अपुग रकम पठाई दिनका लागि केन्द्रमा पहल गरेको र प्राधिकरण पनि सकारात्मक रहेको धनगढी विमानस्थल प्रमुख ठकुल्लाले बताउनुभयो । जग्गा अधिग्रहण भएमा धनगढी बिमानस्थलमा भिओआर डिएमई नामक उपकरण जडानको काम अगाडी वढ्ने छ । जापान अन्तराष्ट्रीय सहयोग नियोग जाइकाले उपकरण जडान गर्नका लागि पटक पटक जग्गा माग गर्दै आएको भएपनि अधिग्रहण नभएका कारण जग्गा दिन सकिएको छैन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved