This is a test

मालाखेती अस्पताल तीन दिनदेखि बन्द

0

धनगढी, माघ ०६ गते ।

कैलालीको मालाखेती अस्पताल तीन दिनदेखि बन्द भएको छ । स्थानीय मालिका टोल सुधार समितीको अगुवाइमा भएको आन्दोलनका कारण मालाखेतीको अस्पताल तीन दिनदेखि बन्द भएको हो । करार सेवामा रहनु भएकी नर्स विष्णु बुढाको पुर्नवहाली र चौविसै घण्टा सेवाको मागगर्दै मालिका टोल सुधार समितिका ब्यक्तिहरुले आन्दोलन गरेपछि अस्पताल तीन दिनदेखि बन्द भएको हो ।

समितीले शुक्रवार एक प्रेस बिज्ञप्ती जारी गर्दै अस्पातालको सेवा प्रभाबकारी हुनुपर्ने माग यथाबत राख्दै प्रशाशन कक्षमा मात्रै तालबन्दी गरेको जनाए पनि चिकित्सकहरुले आफुहरु माथि दुब्र्यवहार गरिएको र असुरक्षा भएको भन्दै सेवा सञ्चालन गरेका छैनन । अस्पताल प्रमुख डाक्टर दिपा जोशीले अस्पातालका कर्मचारी माथि हातपात गरिएकाले आन्दोलनकारीलाई कारर्बाही नगरुन्जेल सम्म आफुहरु कामकाजमा नफर्किने बताउनुभयो ।

समितीका संयोजक प्रेम बहादुर भोलाले आफुहरुको उद्देश्य अस्पतालको सेवा प्रभावित गर्ने नभई ब्यबस्थापन समितीको मनोमानी निर्णयका बिरुद्ध रहेको जानकारी दिनुभयो । उहाँले अस्पताल प्रशासनले लगाएको हातपातको आरोप निराधार रहेको बताउनुभयो । अस्पातल को सेवा सुचारु नहुँदा तीन देखि विरामीको विचल्ली भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved