This is a test

मालाखेती अस्पतालको सेवा सुचारु

0

धनगढी, माघ ०७ गते ।

विभिन्न विवादका कारण एकहप्ता देखि बन्द रहेको गोदावरी नगरपालिकाको मालाखेती अस्पताल आजबाट खुलेको छ ।

प्रसुती सेवा सहित अस्पतालको सेवा चौविसै घण्टा गर्ने, निशुल्क पाउने ६० प्रकारका औषधीको आपुर्ती छिट्टै गर्ने र अस्पताका चिकित्सकहरु माथि भएको दुब्र्यवहारको लिखित माफि मागेपछि आईतवार देखि मालाखेती अस्पतालको सेवा सुचारु भएको हो । स्थानीय मालिका टोल सुधार समितीको अगुवाइमा भएको आन्दोलनका कारण मालाखेतीको अस्पताल ५ दिनदेखि बन्द थियो ।

आज ईलाका प्रहरी कार्यालय मालाखेतीमा बसेको सर्वपक्षिय बैठकमा यस्तो निर्णय भएपछि अस्पतालको सेवा सुचारु भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भरत भडकाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved