This is a test

मार्मा गाउँपालिकाद्धारा २७ करोडको बजेट पेश

0

नरेन्द्र कार्की, दार्चुला २ असोज ।

दार्चुलाको मार्मा गाउँपालिकाको प्रथम गाउँसभाले नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेको छ । आइतबार शुरु भएको गाउँसभामा २७ करोड ४२ लाख ५४ हजार १ सय ३४ रुपैयाँको बजेट पेश भएको हो । गाउँपालिकाको प्रथम गाउँसभामा गाउपालिका अध्यक्ष जमनसिह धामीले गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट पेश गर्नुभयो । गाउँपालिकाले कृषि, पर्यटन, उर्जा, यातायात, सिचाई, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ । सडक क्षेत्रले भर्खर जोडिएको मार्मा गाउँपालिकामा सडक स्तरोन्नती तथा कालोपत्रे गर्नुपर्ने आवश्यकत्ता छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved