This is a test

मापदण्ड विपरीत सडक निमार्ण भईरहेको भन्दै स्थानियको बिरोध

0

दीपक जोशी, धनगढी पुस २७ गते ।

सघन सहरी विकास कार्यक्रम अन्तर्गत ठुलो लगानीमा बनिरहेका सडकहरु मापदण्ड विपरित बनिरहेको भन्दै धनगढी नगरबासीको खबरदारी जारी छ । ठुलोे लगानीका सडकहरु तोकिएको चौडाई भन्दा साँघुरो बनाउन थालिएपछि नगरबासीले त्यसो नगर्न खबरदारी गर्न थालेका हुन । धनगढीको सन्तोषी टोल र रामजानकी टोलमा मापदण्ड बिपरीत सडक निमार्ण भईरहेको चर्चा चलेसँगै धनगढी उपमहानगरपालिकाको वढा नम्बर ९ बंग्रा गाउँका बासिन्दाले पनि पहिला ३३ फिट सर्भे भएको सडक अहिले २३ फिटमा झारिएको भन्दै विरोध जनाएका छन ।

बंग्रा गाँउ र गौरीकटान जोड्ने ३३ फिटको सडकलाई २३ फिटमा झार्ने षडयन्त्र भईरहेको भन्दै स्थानिय वासिन्दाले बिरोध गरेका हुन । यस अघि ३३ फिट बनाउने भन्दै सर्बे गरिएको तर अहिले २३ फिटमै खुम्चाउने चलखेल भईरहेको स्थानिय वासिन्दा राजेन्द्र भट्टले आरोप लगाउनुभयो । उतिबेला ३३ फिट सडक निर्माण गर्ने भनिएपछि नेताहरुले पनि जनतालाई फराकिलो सडक बनाउने आस्वासन दिएर मत मागेका थिए । तर अहिले सडकको सिमा साघुरो पार्नुका साथै कालोपत्रेको चौडाई पनि घटाउने चलखेल भईरहेको स्थानिय वासिन्दाको आरोप छ । बंग्रा हुदै गौरी कटान जोड्ने रिङ रोड बन्ने भनिएकोमा अहिले त्यसको चौडाई घटाईने भएपछि स्थानियले त्यो मानिरहेका छैनन ।

उनिहरुले वडाअध्यक्षलाई यस्तो चलखेल रोक्न आग्रह पनि गरेका छन । जनताको गुनासो आफुकहाँ पनि आएको र यसबारेमा आफुले बुझ्ने काम गरिरहेको वडा नम्बर ९ का वडाअध्यक्ष प्रेम भण्डारीले बताउनुभयो । नेताहरुले तीन वर्षका लागि झण्डै डेढ अर्वको लगानी रहेका सघन सहरी विकास आयोजना आएपछि धनगढीमा उच्च स्तरीय सडक संरचना बन्ने दावी गर्दै आएका थिए । तर अहिले प्राय सबै ठाउमा मापदण्ड विपरित काम भईरहदा पनि ति नेताहरुले मुख खोलेका छैनन । सघन शहरी विकास आयोजनाका ईन्जिनियर सालीग्राम प्रसाद उापध्यायले भने डिजायन ईष्टमेटकै आधारमा नाली सहितको १० मिटर सडक निर्माण हुने दावी गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved