मान्छे र फूल निवन्ध संग्रहको विमोचन

0

नवराज पनेरु, धनगढी ३१ असोज ।

कैलाली वहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा समालोचक गणेशराज जोशीको मान्छे र फूल निवन्ध संग्रहको धनगढीमा विमोचन गरीएको छ । लोकार्पण तथा समिक्षा कार्यक्रमका प्रमुख अतिथी तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोवीन्द प्रशाद रिजालले जोशीको मान्छे र फूल निवन्ध संग्रहको विमोचन गर्नुभएको हो ।

यस क्षेत्रमा सामालोचकको नामले परिचीत जोशीको पहिलो कृतीमा समेटीएका निवन्धलाई धेरै समिक्षाकर्ताले महाकवी लक्ष्मीप्रशाद देवकोटाका निवन्धसंग तुलना गर्न पुगेका छन् । धेरैले गणेशराज जोशीको निवन्ध संग्रह मान्छे र फूलले नेपाली निवन्ध लेखनको ढोका पीश्चम तिरपनि खोलीदिएको प्रतिक्रीया दिएका छन् । सुदुरपश्चिममा निवन्ध र समालोचक लेखनमा खडेरी परिरहेका बेला जोशीको निवन्ध संग्रहलाई उक्त खडेरी पुर्ने माध्यमको रुपमा पनि धेरै साहीत्यकारहरुले टिप्पणी गरेका छन् ।

जोशीको निवन्ध संग्रह मान्छे र फूलमा समेटीएका १६ वटा निवन्धहरुलाई अनुभवले खारीएका, बौद्धीकताले निखारीएका, भावनाले भरिएका र कल्पनाले सिङगारीएका उच्च्कोटीका निवन्धको रुपमा विश्लेषण गरीएको छ । कतिपयले त महाकवी लक्ष्मीप्रशाद देवकोटाका निवन्धसंग पनि जोशीका निवन्धलाई जोड्न सकीने साहीत्यकार तथा त्रिभुवन वहुमुखी क्याम्पसका प्राध्यापक दुर्गा प्रशाद जोशीले बताउनुभयो ।

दुई दशकदेखी अध्ययापनको क्षेत्रमा सक्रिय जोशीका मान्छे र फूल निबन्ध संग्रह प्रकाशन हुनु नेपाली साहीत्यका लागी सुखद घटनाको रुपमा हेरीएको छ । स्तरीय नेपाली निवन्ध लेखनमा केहि बर्षदेखी आईरहेको सुस्ततालाई मान्छे र फूल निवन्ध संग्रहले फेरी गति दिने विश्वास पनि गरीएको छ ।

राजमार्ग, बाल चरित्र, हिमाल, मान्छे र फूल, विचीत्रता, ईख नभएको मान्छे, जिवनलाई नजिकबाट हेर्दा, धर्म मार्ग, के लेख्नु यस्तो प¥यो, राष्ट्रीय खाओवादी समाजको गठन, बैतडीको भ्रमण गर्दा, ठुलाबडालाई चिन्ने समस्या, चर्केको मन, भ्रमर जिवन, धनगढी र आमा निबन्ध मान्छे र फूल संग्रहमा समेटीएका छन् । निवन्धमा क्षेत्रीयताको कुरालाई धेरै उच्च स्थान त दिएका छैनन् तरपनि यस क्षेत्रको भाषा र उखान टुक्कालाई मिसाउने प्रयास गरेका मान्छे र फूल निबन्ध संग्रहका निवन्धकार गणेशराज जोशीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved