This is a test

माझ गाउँ र गोकुलेश्वर विमानस्थल मर्मत काम योजनामै नपारेको खुलासा

0

नवराज पनेरु, धनगढी ०३ जेठ ।

फाईल फोटो

यसै आर्थीक बर्षभित्र सुदूरपश्चिममा बन्द रहेका चार ओटा बिमानस्थललाई मर्मत गरी संचालनमा ल्याउने सरकारी योजना घोषणामै सिमीत हुने लगभग पक्का भएको छ । आर्थीक बर्ष सकिन २ महिना मात्रै बाँकी रहेका बेला ति विमानस्थल मर्मतको काम खासै अगाडी बढेको छैन् ।

सरकारले घोषणा गरेको बजेटमा कञ्चनपुरको मजगाउ, बैतडीको पाटन, अछामको साफेबगर र दार्चुलाको गोकुलेश्वर बिमानस्थल मर्मत गरी संचालनमा ल्याईने घोषणा गरीएको थियो । दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको मजगाउ विमानस्थल मर्मतको यसबर्ष योजना नै नरहेको खुलासा भएको छ भने पाटन र साँफेवगर विमानस्थलमा पनि धावन मार्ग पक्की गर्ने कार्य एकदमै सुस्त देखीएको छ ।

२०६२ सालदेखि पूर्ण रुपमा वन्द रहेको अछामको साफेवगर विमानस्थल सरकाले यसै आर्थीक बर्षमा मर्मत गरी सुचारु गर्ने बजेटमा भनेपछि अछामी जनतामा विमानस्थल सुचारु हुने झिनो आसा जागेको थियो । तर अहिले सम्म पनि विमानस्थल मर्मतका लागी खासै काम भएको छैन् । विमानस्थलको धावनमार्ग कालोपत्रेको योजना गत आर्थीक बर्षकै निरन्तरता दिईएको छ भने विमानस्थलको टर्मिनल भवनका लागी पनि केहि बजेट विनीयोजन गरीएको छ ।

कालोपत्रेका लागी अमर कन्सट्रक्सनसंग एक महिना अगाडी झण्डै ९ करोडमा ठेक्का सम्झौता पनि भईसकेको छ तर ठेकेदारले फिल्डमा अझै काम सुरु नगरेको नेपाल नागरीक उड्यान प्राधीकरणका प्रवक्ता धिरेन्द्र प्रशाद श्रेष्ठले बताउनुभयो । २०३४ सालमा सञ्चालनमा आएको बैतडीको पाटन बिमानस्थल पनि २०५२ सालदेखि पूर्ण रुपमा वन्द भएपछि सरकारले यस आर्थीक बर्षमा मर्मत गरी सुचारु गर्ने योजना ल्याएको थियो ।

गाल्वा, चाङवीला जगदम्वा जेभीले पाटनको धावनमार्ग कालोपत्रे गर्नका लागी ११ करोडमा ठेक्का पाईसकेको छ भने मंगलवार मात्रै नागरीक उड्यान प्राधीकरण र ठेक्का पाएको निर्माण कम्पनीको तर्फबाट ईन्जीनियरहरु पाटन पुगेका छन् । ११ करोडमा १५ महिना भित्रै रनवे कालोपत्रेसंगै रनवेको ग्रेड, फिनीसीङ र मार्कीङ पनि मिलाउन पर्ने सम्झौता भएको पाटन विमानस्थल कालोपत्रेका साइट इन्चार्ज समेत रहनुभएका नेपाल नागरीक उड्यान प्राधीकरणका ईन्जीनियर नलविक्रम थापाले बताउनुभयो ।

विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्नका लागी ठेक्का सम्झौता भईसकेको छ । सपना गाल्बा जेवी निर्माण सेवाले पाँच करोड ५० लाखमा कालोपत्रेका लागी ठेक्का पाएको छ । करिब साढे चारसय मिटर लम्बाइ भएको विमानस्थलको कालोपत्रे गर्ने कार्य १५ महिना भित्रै सकिने बताइएको छ । कालोपत्रेका लागी अधिकतम रुपमा गिट्टीको आवश्यकता हुने भएकाले अहिले दिपायलमा क्रसर फिट गरी गिट्टी उत्पादनको काम भईरहेको निर्माण कम्पनीले जनाएको छ ।

असारमा कालोपत्रे गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भएको दिपायल विमानस्थल कालोपत्रका साइट इन्चार्ज समेत रहनुभएका नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताउनुभयो । पाटन, दिपायल र साफेबगर विमानस्थल कालोपत्रे गरी सञ्चालनका लागी भएको ठेक्का अनुसार अहिले सम्म खासै प्रगती भएको देखीदैन् ।

यो आर्थीक बर्षमा कालोपत्रे निर्माणको काम सुरु नभएपनि कच्चा पदार्थ संकलन गरी सक्ने दावी नागरीक उड्यान प्राधीकरणका निर्देशक धुव्रपछी भयको छ । सरकारले कञ्चनपुरको मजगाउ र दार्चुलाको गोकुलेश्वर बिमानस्थललाई पनि मर्मत गरी संचालनमा ल्याउने बजेटमा उल्लेख गरेको थियो । तर नेपाल नागरीक उड्यान प्राधीकरणले यस आर्थीक बर्षमा दुवै विमानस्थल मर्मतका लागी कुनै योजना नभएको जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved