This is a test

 माओवादी केन्द्रसंग चुनावी तालमेलको निर्णय मान्य नहुने : कांग्रेसी कार्यकर्ता

0

दीपक जोशी, धनगढी २९ बैशाख ।

केन्द्रमा चुनाव प्रचार प्रसारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति एकै जहाजमा चढेर एकै मञ्चमा बोलेकै दिन प्रदेश नम्बर ७ मा भने यो तालमेलमा काँग्रेसी सन्तुष्ट छैनन । प्रदेश नम्बर सातमा पनि माओवादी केन्द्रसंग चुनावी तालमेल हुने हल्ला चलेपछि यहाँका कांग्रेसी कार्यकर्ताहरु आक्रोसीत बनेका छन ।

पार्टीलाई बलियो बनाउन बर्षाैदेखी अहोरात्र खटिएका कार्यकर्ताहरु स्थानिय तहको चुनावमा माओवादी केन्द्रसंग तालमेल हुने हल्ला चलेपछि आक्रोसीत बनेका हुन । उनिहरुले सात नम्बर प्रदेसमा कांग्रेस आफै बलियो भएकोले एक्लै चुनाव जित्न सकिने स्थीती हुदाहुदै कुनै पार्टीसंग तालमेलको जरुरी नरहेको बताएका छन ।

पार्टी केन्द्रले आफुहरुको भावनामा ठेस पुग्ने गरी तालमेलको नितिगत निर्णय गरे त्यसको खिलापमा उभिने कांग्रेसका कार्यकर्ताहरुको चेतावनी छ । कांग्रेस पार्टीले तालमेलको नितिगत निर्णय गरे त्यसको कडा प्रतिवाद गर्ने गोदावरी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयर पदका आकांक्षी युवा नेता लोकराज पाण्डेय आगोले बताउनुभयो ।

महेन्द्रनगरको एक होटेलमा माओवादी केन्द्रका नेता लेखराज भट्ट र नेपाली कांग्रेसका नेता एनपी साउदबिचको भेटबार्तामा चुनावी तालमेलका बिषयमा औपचारीक कुराकानी भएको थियो । दुबै नेताबिच भएको उक्त भेटमा ६० ÷४० को भागबण्डाका आधारमा चुनावी तालमेल मिलाउने निर्णय भएको भनिएपनि त्यसबारे आधिकारीक धारणा बाहिर आएको छैन । तर प्रदेश नम्बर ७ का सबै स्थानिय तहमा वडा सदस्यदेखी मेयरसम्मको तालमेल हुने कुरा चर्चामा आएपछि कांग्रेसी कार्यकर्ताहरु त्यसको खिलापमा उभिएका हुन ।

कैलालीमा कांग्रेसको क्षेत्र नम्बर ६ को क्षेत्रिय समितिले त कुनै पनी पार्टीसंग तालमेल मान्य नहुने भन्दै लिखित निर्णय समेत पारीत गरेको छ । मुलुकमा २० बर्षपछि स्थानिय निकायको निर्वाचन भईरहेकोले आममतदाता सहित सबै पार्टीका नेता कार्यकर्ताहरु आफ्नो पार्टीलाई जिताउन उत्साहित भएर चुनावमा होमिए छन ।

तर माओवादी केन्द्रसंगको तालमेलका कारण चितवनको भरतपुर महानगरपालिकाको जस्तै घटना यस क्षेत्रका स्थानिय तहमा समेत दोहोरीन सक्ने भन्दै यहाँका कांग्रेस कार्यकर्ताहरु शशंकित भएका हुन । पार्टी केन्द्रले चुनावको मुखमा आएर अर्काे पार्टीलाई भोट दिन लगाए त्यसको दुःखत परिणाम पार्टी केन्द्रले भोग्नुपर्ने कांग्रेसका स्थानिय नेता देब सेटीले चेतावनी दिनुभयो ।

कैलालीमा कांग्रेससंग चुनावी तालमेलका लागि माओवादी केन्द्रले गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा मेयर पद मागिरहेको श्रोतले जनाएको छ । धनगढी सहितका अन्य स्थानिय तहमा भने उपमेयर सहितका केहि पदाधिकारी माओवादी केन्द्रलाई दिने बिषयमा पनि छलफल चलिरहेको बताईएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved