This is a test

महेन्द्रनगरमा खाद्य मेला

0

महेन्द्रनगर, पुस २८ गते ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रथम खाद्य मेला २०७४ शुरु भएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजनामा बिहिवार देखी खाद्य मेला शुरु भएको हो । खाद्य मेलाको क्षेत्रीय प्रशासक लक्ष्मीप्रसाद पौडेलले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभयो । भीमदत्त नगरपालिका ४ बाल उद्यानको प्राङ्गणमा मेला शुरु भएको हो । परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणको लागि खानेबानीमा सुधार गरौं भन्ने नाराका साथ खाद्य मेला शुरु भएको हो ।

बजारमा पाईने मसलादार खाद्य वस्तुको उपभोगले मानिसको स्वास्थ्यमा असर पर्दै गइरहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ । मेलामा सुदूरपश्चिमेली खाद्य परिकार, स्थानीय साँस्कृतिक कार्यक्रम, विभिन्न समुदायका लोक संस्कृति प्रदर्शन, नृत्य प्रस्तुत गरिने छ । मेलामा ५० वटा स्टलहरु रहने जनाईएको छ ।

५ दिनसम्म सञ्चालन हुने मेलाको तीनदिन क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र बाँकी २ दिन होटल व्यवसायी संघ कञ्चनपुरले आयोजना गर्नेछन् । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले पहिलो पटक आयोजना गरिएको मेलाले यस क्षेत्रका स्थानीय व्यवसायी, उपभोक्तालाई लाभ मिल्ने बताउनुभयो । माघ १ गतेसम्म मेला सञ्चालन हुनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved