This is a test

महिला राष्ट्रिय लिग फुटबल आजदेखि : सुदूरपश्चिम र पुर्वाञ्चल भिड्दै

0

धनगढी, पुस १६ गते ।

आज देखि सुरु भएको सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगीतामा सुदूरपश्चि आफ्नो पहिलो खेलमा पूर्वाञ्चल संग भिड्दै छ । पौने ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आफ्नो पहिलो खेलमा सुदूरपश्चि पूर्वाञ्चल संग भिड्न लागेको हो । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्दै छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र कोचलाई जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने एन्फाले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved