This is a test

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि एपीएफको कब्जा

0

नवराज पनेरु, धनगढी फागुन १३
धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि विभागीय टोली एपीएफले कब्जा जमाएको छ । आईतवार फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा पुर्वाञ्चलमाथि ७ विकेटको जित निकाल्दै एपीएफले राष्ट्रीय महिला क्रिकेट प्रतियोगीताको उपाधिमाथि कब्जा जमाएको हो । चिर प्रतिद्धन्दी विभागीय टोली एपीएफ र पुर्वाञ्चल विच भएको प्रधामन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको फाईनलमा जित दर्ता गर्दै एपीएफले ५ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उप विजेता बनेको पुर्वाञ्चलले भने २ लाख नगद सहित ट्रफी र मेडरमा चित्त बुझाएको छ ।

टस हारेर व्याटीङको निम्तो पाएको पुर्वाञ्चलले फाईनलमा आशा गरे अनुसारको व्याटीङ गर्न सकेन् । २० ओभरमा ५ विकेट गुमाउदै पुर्वाञ्चलले ६० रन मात्रै बनाउन सक्यो । पुर्वाञ्चलका लागी काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउन बाहेक अन्यले दोहोरो अंक पनि छुन सकेनन् । एपीएफका बलरहरुले कसीलो बलीङ गर्दै पुर्वाञ्चलका व्याट्सम्यानहरुलाई खुलेर व्याटीङ गर्न दिएका थिएनन् । एपीएफका लागी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १÷१ विकेट लिईन् ।
६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाएको हो । एपीएफका लागी ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजीत रहदै १५ रन बनाईन् । पुर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १÷१ विकेट लिईन् । प्लेयर अफ द फाईनल एपीएफकी ज्योती पाण्डेय भईन् ।

जितपछि प्रतिक्रीया दिदै एपीएफकी कप्तान विनु बुढामगरले खेलाडीहरुको अलराउण्ड प्रदर्शनले उपाधी जितेको बताउदलै महिला क्रिकेटको उत्थानका लागी सबै क्षेत्र सक्रिय बन्नुपर्ने बताउनुभयो । यस्तै प्रतियोगीताको वुमन अफ द सिरिज हुदै पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगद सहित ट्रफी प्राप्त गरेकी छिन् । यस्तै प्रतियोगीतामा उत्कृष्ट बलर पनि क्षेत्री नै भएकी छिन् भने उत्कृष्ट व्याट्सम्यान पनि प्रतियोगीताभरी १ सयउ ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ भईन् ।

उदयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् भने फेयर प्लेटको पुरुष्कार पनि सुदुरपश्चिमको टिमले जितेको छ । उत्कृष्ट सबै खेलाडीलई समान ५÷५ हजार सहित पुरुष्कार वितरण गरीएको छ । प्रदेश नम्वर ७ का सामाजीक विकास मन्त्री दिर्घ सोडारीको प्रमुख आतीथ्यमा भएको कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहको अध्यक्षतामा सम्पन्न भएको हो । मन्त्री सोडारीले प्रदेश नम्वर ७ मा खेलकुदको विकासका लागी आफु सक्रिय रहने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved