महाकाली लोकमार्गको खलंगा गोकुलेश्वर सडक खण्ड शुक्रवारदेखि  अवरुद्ध

0

नरेन्द्र कार्की, दार्चुला २८ साउन ।

निरन्तर वर्षाको कारण महाकाली लोकमार्गको खलंगा गोकुलेश्वर सडक खण्ड शुक्रबार देखि अवरुद्ध भएको छ । खलंगा गोकुलेश्वर सडक खण्डको दुइ ठाउँमा पहिरो गएसँगै सडक अवरुद्ध भएको हो । शुक्रबार बिहान शैल्यशिखरको चौतली चौड र राती ठूलाशैन क्षेत्रमा पहिरो गएको थियो । पहिरो गएसँगै महाकाली लोकमार्गको खलंगा गोकुलेश्वर सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । चौतली चौडमा गएको पहिरो खुलाउने क्रम जारी छ । पहिरोका कारण चौतली नजिक रहेका १० घरधुरी विस्थापित भएका छन् ।

घरमाथिबाट पहिरो आउने क्रम नरोकिएको कारण डोविगाड बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्न भनिएको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज कुवेरसिह धामीले बताउनभुयो । सडक खुलाउनको लागि स्काइ भेटर प्रयोग गरिएको छ । उता शैल्यशिखर नगरपालिकाको ठूलाशैनमा भने सडक खुलाउन सम्भावना कम रहेको छ । सो क्षेत्रमा सडकको दायाँबायाँबाट सडक भासिएर पहिरो गएका कारण सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका निमित्त इन्चार्ज अखिल बहादुर वमले जानकारी दिनुभयो ।

सडकको दायाँबाया पर्खाल लगाए मात्र सडक सुचारु गर्न सकिने अवस्था रहेको उहाले बताउनुभयो । पर्खाल नलगाउने हो भने सडक सुचारु गर्न नसकिने उहाले बताउनुभयो । सडक अवरुद्ध भएपछि लामो दुरीमा चल्ने बसहरु गोकुलेश्वरबाटै फर्किन थालेका छन् । सदरमुकाम खलंगा पुगेका महाकाली यातायाता, सुदूरपश्चिम यातायात र पवन दुत यातायातका गरी ५ वटा बसहरु खलंगामा रोकिएका छन् । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगर धनगढी र काठमाण्डौको लागि नियमित बस सञ्चालन हुने गरेको छ । लामो दुरीमा चल्ने बसहरु रोकिएपछि तराइको लागि जाने यात्रुहरु भारतीय मार्ग प्रयोग गर्न थालेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved