This is a test

महाकालीमा पक्की पुल र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गरेरै छोडने प्रधानमन्त्री देउवाको दाबी

0

महेन्द्रनगर, मंसिर १७ गते ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रलाई जिवित बनाइराख्नका लागि काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ । शनिबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर ३ ले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुलुकमा तानाशाही र अधिनायकवादी शासन व्यवस्था ल्याउन खोजिएकाले मतदाताले सजक हुनुपर्नेमा देउवाले जोड दिनुभयो ।

प्रधानमन्त्रीले नेपालमा कम्युनिष्ट शासन भए मुलुकमा कहिले निर्वाचन नै हुन नसक्ने दावी दोहो¥याउदै देशैभर काँग्रेसका पक्षमा जनलहर रहेको र काँग्रेस नै जित्ने दाबी गर्नुभयो । महाकाली नदीमा बन्ने पक्की पुलको शिलान्यास आफूले नै गरेको बताउँदै प्रधानमन्त्रीले त्यसको काम पुरा गरेरै छाड्ने बताउनुभयो । दोधारा चाँदनीमा निर्माण गर्ने भनिएको सुख्खा बन्दरगाहाको काम अघि बढ्ने उहाँको दावी छ ।

आफ्नो सम्बोधनका क्रममा अधिकाशं समय सुदूरपश्चिमको विकास गर्ने कुरामा खचिर्नुभएका प्रधानमन्त्रीले पन्चेश्वर परियोजना, पश्चिम सेती आयोजना, महाकाली करिडोर निर्माण गरी त्रिदेशीय नाकाका रुपमा विस्तार गर्ने लगायतका थुप्रै काम अब शुरु हुने आश्वान दिनुभयो । सम्बोधनका क्रममा उहाले सामाजिक सुरक्षा भत्ता दोब्बर गर्ने देखी लिएर बेरोजगार युवायुवतीहरुलाई समेत भत्ता उपलब्ध गराउने आश्वासन दिनुभयो । निर्वाचन क्षेत्र नम्बर १ को बेलौरी, २ को झलारी र ३ को महेन्द्रनगरमा आयोजना गरिएको आमसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved