This is a test

महत्वपूर्ण कार्य सञ्चालनका लागि अस्थायी कार्यालय खोल्ने सरकारको तयारी

0

काठमाडौं, पुस २६ गते ।
सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी अस्थायी कार्यालय खोल्ने भएको छ । प्रदेशसभा राजधानीमा सहमति नजुटेपछि सरकारले महत्वपूर्ण कार्य सञ्चालनका लागि अस्थायी कार्यालय खोल्न लागेको हो । सरकारले अस्थायी कार्यालय सञ्चालनका लागि तयारी अघि बढेको जानकारी सार्वजनिक सूचनामार्फत् दिएको छ ।
अस्थायी राजधानी र कार्यालय नहुँदा प्रदेशसभा सदस्यको शपथ ग्रहण लगायत कार्य कसरी सञ्चालन गर्ने भन्ने अन्योलता बढेको छ । यही बीच सरकारले अस्थायी कार्यालय तोक्ने तयारी गरेको हो । उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी सरकारको छ । यसो भएमा प्रदेश नं ७ को कार्यालय दीपायलमा खुल्नेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved