This is a test

मलको सहज आपुर्ती कहिले हुन्छ ? के भन्छन कृषि सामाग्री कम्पनीका प्रमुख दुर्गाप्रसाद पाण्डे (अडियो सुन्नुहोस)

0

नेताहरु जोडतोडका साथ चुनावको प्रचार प्रसार गरिरहेका बेला सदूरपश्चिमभरी रसायनीक मलको हाहाकार भएका कारण किसानका खेत सुकिरहेका छन । मल आफुर्ती निकायले किसानको खेतीपातीको समयको मतलब नगर्दा अझै मलको आपुर्ती सहज हुनेमा शंका उत्पन्न भएको छ । पश्चिमाञ्चलको भैरहवामा डिएपी मल पुगिसकेपछि सरकारी संयन्त्रले त्यहाँबाट मल कैलाली पुगाउन सकिरहेको छैन । कृषि सामाग्री कम्पनीको तथ्यांकका आधारमा कञ्चनपुर र डोटी बाहेकका प्रदेश नम्बर ७ का ७ जिल्लामा बर्षमा डिएपी र युरियाको माग झण्डै २५ हजार मेट्रिक टन हो तर अहिले सम्म ढाई हजार टनको पनि आपुर्ती भएको छैन ।

सधैं किन यस्तो अन्याय किन हुन्छ किसानसँग ? सहकर्मी शिवराज भट्टले कृषि सामाग्री कम्पनीका प्रमुख दुर्गाप्रसाद पाण्डेलाई मलको सहज आपुर्ती कहिले हुन्छ भनेर सोधेका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved