This is a test

मनाङलाई हराउँदै आर्मी सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा 

0

नवराज पनेरु, धनगढी पुस २९ गते

सावीक विजेता मनाङ मस्र्याग्दी क्लवलाई पराजित गर्दै विभागीय टोली नेपाल आर्मी धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालमा शनिवार भएको पहिलो सेमीफाईनलको खेलमा मनाङ मस्र्याग्दीलाई ३–१ ले पराजित गर्दै आर्मी उपधी नजिक पुगेको हो ।

खेलको ८ औ मिनेटमा हेमन गुरुङको गोलले अग्रता लिएको मनाङले उक्त अग्रता जोगाउन नसक्दा पराजीत हुनुपरेको हो । त्यसपछि कुनै गोल गर्न नसकेको मनाङले खेलको पहिलो हाफमा २ र दोश्रो हाफमा १ गोल खाएको थियो । आर्मीका लागी कप्तान भरत खवासले २० औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफमै आर्मीका नवयुग श्रेष्ठले ४३ औँ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

खेलको दोश्रो हाफमा दुवै टोली विच कडा प्रतिस्पर्धा देखीएपनि आर्मीका सन्तोष तामाङले ८८ औँ मिनेटमा गोल गर्दै खेलको नतिजा आर्मीको पोल्टामा पारेका हुन् । खेलमा आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषीत हुदै नगद १० हजार हात पारे । सेमीफाईन अन्तरगत आईतवार घरेलु टोली सुदुरपश्चिम ११ र विभागीय टोली एपीएफ विच खेल हुनेछ । फाईनल खेल माघ १ गते हुने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved