This is a test

मदिराले मातिएका हाकिमले ४७ हजार फारम जलाए

0

शिवराज खत्री, अछाम माघ २७ गते ।

नेपाल टेलिकम अछामले स्थापनाकाल देखि हालसम्म वितरण गरेका नमस्ते, स्काई र सीडीएमए सिमकार्डका करिब ४७ हजार फारम सहित अन्य सामग्री कार्यालय प्रमुख खडक धामीले आगो लगाइदिइका छन् । मदिरा सेवन गरेको अवस्थामा कागजहरू जलाएको एक कर्मचारीले बताएका छन् । कार्यालयका सहायक प्रमुख वृकेश साउद र कार्यालय प्रमुख धामी मदिरा सेवन गरेर कार्यालयमा आउने र दुवै जनाको मिलेमतोमा कार्यालयका महत्त्वपूर्ण सामग्री स्थानीयको सहयोगमा आगो लगाइएको कर्मचारीले बताउनुभयो ।

सबै फारमहरु कवाडीलाई बिक्रि गरेका कार्यालय प्रमुख धामीले स्थानीय स्तरमा बिरोध भएपछि जलाउन लगाएको बुझिएको छ । अछाममा वितरण भएका ४७ हजार फारम मध्ये धेरै फारममा उल्लेख गरिएको विवरण कम्प्युटरमा अपडेट गराउन बाँकी थियो । कागजहरू जलाउनैपर्ने भए कागज नष्ट सम्बन्धी ऐन २०२७ अनुसार हेरफेर गरेर जलाउनुपर्छ ।

सहायक प्रमुख वृकेश साउदलाई केही दिनअघि मदिरा सेवन गरेर कार्यालयमा पुगेको खबरपछि हिरासतमा पनि राखेको निमित्त प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले बताउनुभयो । नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख बुद्ध कृष्ण मानन्धरले कागजात जलाइएको बारे अनुसन्धान गर्न डडेलधुरा कार्यालयबाट लेखा तथा प्रशासन हेर्ने कर्मचारीलाई खटाइएको जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved