This is a test

मत परिणाम सार्वजनिक भएको हप्तौ वितिसक्दा समेत हटाएनन् दलहरुले प्रचार सामाग्री

0

दलहरुले निर्वाचनका क्रममा साँफेबगरमा टाँसेका प्रचार सामाग्री।
तस्विर : शिवराज खत्री

शिवराज खत्री, अछाम पुस ०७ गते ।

अन्तिम मत परिणाम सार्वजनिक भएको करिव दुई हप्ता वितिसक्दा समेत अछामका राजनीतीक दलहरुले प्रचार सामाग्री हटाएका छैनन । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा दलहरुले बजार क्षेत्र पुरै रङ्गीबिरङ्गी हुने गरी टाँसेका प्रचार सामाग्री नहटाउदा जताततै फोहोरसमेत बढेको छ । सार्वजनिक स्थल, पसल, घरमा टाँसिएका पर्चा पम्पलेट र बजार क्षेत्रमा वारपार झुण्ड्याईएका पार्टीका झण्डा र चुनाव चिन्ह अंकित सामाग्री छरपस्ट अवस्थामै छन् ।

सदरमुकाम मंगलसेन, व्यपारिक केन्द्र साँफबेगर, बयलपाटा, जयगढ, बिनायक, कमलबजार, तुर्माखाँद, चौखुट्टेलगायतका बजार क्षेत्रमा प्रचारका बेला लगाएका प्रचार सामाग्री दलहरुले अहिले सम्म हटाएका छैनन । निर्वाचन आयोगले जुन दल वा उम्मेदवारले प्रचार समाग्री टाँसेको हो सोहि दल वा उम्मेदवारले हटाउनु पर्ने व्यवस्था गरेको भएपनि दलहरुले आफुले टाँसेका प्रचार सामाग्री हटाएका छैनन ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जुन दल वा उम्मेदवारले प्रचार सामाग्री टाँसेको हो सोहि दल वा उम्मेदवारले हटाउनु पर्ने व्यवस्था आयोगले गरेको बताउनुभयो । दलहरुले प्रचार सामाग्री नहटाएको पाईएमा आचारसंहिता उलंघनमा कारबाहि गर्ने व्यवस्था निर्वाचन आयोगले गरेको उहाले बताउनुभयो । त्यसका लागि कतैबाट उजुरी आउनुपर्ने उहाको भनाई छ । चुनाव प्रचारका क्रममा घरको पाखा देखि बजार क्षेत्रमा प्रचार सामाग्री नहटाई दिदा बजार क्षेत्रमा फोहर बढेको साँफेबगर बजारका व्यापारी जीवन बुढाले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved